
काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा शुक्रबारबाट सातौं चरणका खेल हुँदै छन् । दिनको पहिलो खेल विभागीय डर्बी क्लब एपिएफ र त्रिभुवन आर्मी फुटबल क्लब आमने सामने हुँदै छन् । आर्मीले क्लब लाइसेन्स पाए पनि यो सिजन एएफसी छनोट खेल्ने मौकाबाट बञ्चित भएको छ । यद्यपि उपाधि होडमा भने हुनेछ ।
शुक्रबार दशरथ रंगशालामा पहिलो भेट विभागीय डर्बी क्लब एपिएफ र त्रिभुवन आर्मीले खेल्दा सहिद स्मारक ए डिभिजन लिगमा सातौं चरणका खेल आरम्भ हुनेछन् । एएफसी छनोट खेलको होडबाट बाहिरिएको आर्मीले एपिएफलाई दबाबमा राख्दै तीन अंक जोड्ने लक्ष्यमा हुनेछ । यद्यपि अघिल्लो खेलमा निकालेको नतिजाका कारण आर्मी ससंकित छ । आर्मीका प्रशिक्षक राजु तामाङले एपिएफविरुद्ध स्पष्ट तीन अंकका लागि खेल्दै उपाधि होडलाई निरन्तरता दिने बताए ।
यस्तै दिनको दोस्रो खेल तालिकाको रेड जोनमा रहेको फ्रेन्ड्स र न्यूरोड टिम (एनआरटी) बीच हुँदै छ । कठिन अवस्थामा रहेको भन्दै अंकका लागि खेल्ने बताए । यता चिरपरिचित प्रतिद्वन्द्वी मनाङ मस्र्याङ्दीलाई हराउँदै एएफसी छनोटलाई सहज बनाएको मच्छिन्द्रले यसै चरणको खेलमा विभागीय टोली नेपाल पुलिसको सामना गर्दै छ । लक्ष्य उपाधि भएको भन्दै मच्छिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले तीन अंकका लागि खेल्ने बताए ।
यता पुलिस प्रशिक्षक अनन्तराज थापाले मच्छिन्द्रसँगको खेल निकै महत्वपूर्ण भएको भन्दै वरियता सुधारका लागि आफ्नो टोलीलाई गर या मरको अवस्था भएको बताए । त्यसका लागि जित्ने पर्ने दबाब भएकलो आफ्नो टोली तीन अंकका लागि खेल्ने बताए ।
छैठौं चरणका खेल सकिँदा सम्म जारी सहिद स्मारक ए डिभिजन लिगमा साविक विजेता मच्छिन्द्र १४ अंकका साथ तालिकाको शीर्ष स्थानमा अटाउँदा, सातौ चरणमा पोखरा मैदानमा बिबिसीसँग खेल्ने टोली मनाङ १३ अंकका साथ दोस्रो स्थानमा छ । यस्तै अपराजित टोली संकटा १२ अंकका साथ तालिकाको तेस्रो स्थानमा रहँदा दुई अंकले पछि रहेको आर्मी तालिकाको चौंथो स्थानमा छ । यसै सिजन बढुवा भएको सातदोबाटो ८ अंकका साथ पाँचौ स्थानमा छ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…