
पोखरा-अफिज ओलावालेको ह्याट्रिक गरेपछि मनाङमस्र्याङ्दी क्लवले घरेलु मैदानमा शत प्रतिशत नतिजा निकालेको छ । घरेलु मैदानमा उनको पहिलो ह्याट्रिक हो । घरेलु मैदानमा शनिबार भएको तेश्रो तथा अन्तिम खेलमा मनाङले च्यासल युथ क्लवलाई ५–० को फराकिलो अन्तरले पराजित गर्दै तीन अंक जोड्यो । मनाङले घरेलु मैदानमा ९ अंक जोड्दै घरेलु मैदानको भरपुर उपयोग गर्यो । कतार एयरवेज सहीद स्मारक ‘ए डिभिजन लिग’ फुटबल प्रतियोगितामा पोखरा रंगशालालाई घरेलु मैदान बनाएको मनाङमस्र्याङ्दी क्लवले पोखरामा भएको तीनवटै खेल जितेर शत प्रतिशत नतिजा निकालेको हो । घरेलु मैदानमा पुस ३ गते विभागीय नेपाल पुलिस क्लवलाई ३–० ले पराजित गरेको मनाङले पुस १७ गते भएको दोश्रो खेलमा ब्रिगेड ब्वाइज क्लवलाई १–० ले पराजित गरेको थियो ।
शनिबारको खेलमा मनाङका अफिज ओलावालेले ह्याट्रिक गरे । दीनेश राजवंशी र ओलुवावुन्मी एडे सोमिडेले १÷१ गोल आफनो नाममा लेखाए । ओलावालेले ४३ औं र दोश्रो हाफको ईञ्जुरी समयको तेश्रो र चौथो मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे । मनाङका लागि सोमिडेले खेलको तेश्रो मिनेटमै खाता खोलेका थिए । उनले ओलावालेको पासमा गोल गरेका हुन् । खेलको ४३ औं मिनेटमा ओलावालेले विश्व अधिकारीको फ्रिकिकमा हेडर गोल गर्दै मनाङलाई २–० को अग्रता दिलाए । च्यासलका राजिव लोप्चनले मनाङका क्याप्टेन अञ्जन विष्टलाई फउल गरेपछि दिइएको फ्रिकिकलाई उनले सदूपयोग गरेका हुन् । खेलको ८६ औं मिनेटमा दीनेश राजवंशीले गोल गर्दै मनाङलाई ३–० को अग्रता दिलाए । रुपेश केसीले प्रहार गरेको कर्नर किकमा दीनेशले हेडर गोल गरे । दोश्रो हाफको ईञ्जुरी समयको तेश्रो मिनेटमा ओलावालेले व्यक्तिगत दोश्रो गोल गरे । विमल रानाले दिएको पासमा मैदानको बायाँभागबाट फष्र्टबार च्यापेर हानेको प्रहारले जाली चुम्यो । त्यसको एक मिनेटपनि नबित्दै ओलावालेले थप गोल गर्दै ह्याट्रिक पूरा गरे । मैदानको बायाँ साईडबाट एक्लै बल अगाडि बढाएका उनले च्यासलका डिफेन्डर अभिषेक लिम्वु बैकल्पिक गोलकिपर सन्तोष महतलाई बिट गर्दै गोल गरेका हुन् ।
पहिलो हाफमा कमजोर खेलेको च्यासलले दोश्रो हाफको शुरुवातमा कमब्याक गर्ने प्रयास ग¥यो । दोश्रो हाफको शुरुमा सुधारिएको खेल प्रदर्शन गरेको च्यासलले स्कोर गर्न नसक्दा लज्जास्पद हार बेहोर्नुप¥यो । च्यासलले २५, ४९, ६३, ७३ र ८४ औं मिनेटमा गोल गर्ने अवसर खेर फाल्यो । खेलको ६५ औं मिनेटमा च्यासलका प्रशिक्षक बालगोपाल साहुखलले रातो कार्ड पाए । ६३ औंं मिनेटमा सन्तोष साहुखललाई फउल गर्दा पेनाल्टी नदिएको भन्दै आक्रोस र अश्लिल शब्द व्यक्त गर्दा उनलाई पहेंलो कार्ड दिइएको थियो । त्यसको दुई मिनेटपछि पुनः उनले रेफ्रिलाई गालीगलौज गर्दै कुटपिट गर्न खोजेपछि उनलाई रेफ्री श्याम दनुवारले रातो कार्ड दिदै मैदानबाट बाहिर पठाएका थिए ।
जितसँगै मनाङ ८ खेलमा १९ अंक जोडेर लिगको दोश्रो स्थानमा कायम छ । ८ खेलमा अपराजित मच्छिन्द्र क्लव २० अंकका साथ लिगको शीर्र्ष स्थानमा यथावत छ । पुछारबाट दोश्रो स्थानमा रहेको च्यासल भने रेलिगेसन जोनमा पर्ने खतराबाट उठ्न सकेको छैन् ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…