व्यवसायिकतामा अगाडि बढ्न सकिएन

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ ८ गते २०७८ मा प्रकाशित


दुई दशक लामो आफैंमा इतिहास हो । यही इतिहास बनाउने भूमिका सहारा क्लबले खेलेको छ । निरन्तर दुई दशक फुटबल प्रतियोगिता आयोजना गरेको छ । २० औं संस्करणको आहा रारा गोल्डकप प्रतियोगिता टुग्याउने चरणमा क्लब यतिबेला जुटिरहेको छ । परिस्थिति विषम छ । हिजो पनि परिस्थिति विषम नै थियो । अहिले कोभिडले गर्दा सबैक्षेत्रमा गम्भीर असर पुर्याएको छ । हिलो भूकम्पले जर्जर बनाएको अवस्थामा पनि फुटबललाई निरन्तरता दिदैं सहाराले आफनो फुटबलमा गर्विलो छवि बनाईसकेको छ । संकटकालिन अवस्थामा समेत फुटबल आयोजना गरेर मोफसलको फुटबल विकासमा नयाँ इँटा थप्ने काम सहाराले गरेको सबै सामु छर्लङ छ । गोल्डकप चलिरहँदा सहारा क्लबका महासचिव रामजीप्रसाद अधिकारीसँग खेलाडीन्युज डटकमले समग्र फुटबल विकासमा सहाराको भूमिका विषयमा गरिएको कुराकानीको सारसंक्षेप ।

२० औं संस्करणको आहा रारा गोल्डकपसम्म आइपुग्दा क्लबले लिएको लक्ष्य पुरा भएको छ ?
– समग्र रुपमा हेर्दा आहा ! रारा गोल्ड कपले समय र परिस्थिति सग जुझ्दै आफ्नो लक्ष्यमा अगाडी बढेको छ ्रतर पनि अन्तरास्ट्रिय स्तरको परिस्कृत प्रतियोगिता दर्शकलाइ पस्कन हामि प्रयासरत नै छौ । पछिल्लो समयमा रंगशालाको निर्माणको कार्यले र कोभिड संक्रमणले हामीलाई लक्ष्यमा पुग्न असमर्थ भएको साँचो हो। २१औ संस्करणमा हामी पोखरेली दर्शकलाई एसियन लेभलको खेल पस्कने लक्ष्यसहितको योजनामा जुट्ने छौं ।


मन बचन र कर्मले सामाजिक सेवा गरौं भन्ने भावनाले ओतप्रोत क्लबले फुटबल विकासमा कस्तो भूमिका खेलेको छ ?
–क्लबले २०५५ सालबाटै फुटबलमा सहभागी भएर नै आफ्नो स्थापना गरेको कुरा सबैमा निवेदन गर्न चाहन्छु । पक्कै पनि नेपाली फुटबलमा उलेखनीय योगदान गरेको छ ्र सुरुवातमै क्लबले खेलाडीलाई अनुबन्धन गरी क्लबस्तरीय खेलाडीलाई व्यवसायीकताको सुरुवात गरेको हो । देशमा संकटकाल हुदा होस् वा एन्फाको विवादले फुटबल गतिविधि शुन्य अवस्थामा हुदा पनि आहा !रारा गोल्ड कप माध्यमबाट फुटबलको माहोल जोगाउने उद्दत रह्यौं । शुरुवातमा पुर्व खेलाडीहरुलाई वार्षिक रुपमा सम्मान गर्दै हौसला बढाउने काम शुरु गरेर राष्ट्रिय उत्कृष्ट खेलाडी पुरस्कारबाट खेलाडीलाई हौसला प्रदान गर्ने कामलाइ निरन्तरता दिएको छ । त्यसैगरि खेल पत्रकारिताबाट योगदान पुर्याउने पत्रकारलाई सहारा उत्कृष्ट खेलकुद पत्रकार पुरस्कारले वार्षिक रुपमा सम्मान गर्दै खेलकुद पत्रकारितालाई हौसला प्रदान गरेको छ । फुटबल एकेडेमीबाट अनिल गुरुङ लगाएत अजित भण्डारी ,सुशिल लामा ,लक्ष्मण जी.सी. लगाएत राष्ट्रिय स्तरका खेलाडी उत्पादन गरि योगदान गरेको छ ।

फुटबल एकेडेमी शुरु गरेको क्लबले फुटबलमै उत्कृष्ट नजिता प्राप्त गर्न नसक्नुको कमजोरी के हो ?
– कम्जोर नै भन्ने कुरामा सहमत हुन् सक्दिन ,मुख्य त क्लब भोलेंन्टियर बेसमा काम गर्ने र हाम्रो लक्ष्य सामाजिक रुपमा बढी केन्द्रित हुदा व्यवसायिकतामा अगाडी बढ्न नसकेको कुरा साचो हो ।

अनाथलाई पढाउने र फुटबलर बनाउने योजना क्लबको कत्तिको प्रभावकारी बनेको छ ?
–पक्कै पनि साहारा क्लबको मापदण्ड अनुरुप छनोट प्रक्रियाले कठिन र बिपन्न वर्गका बालकहरुलाई लक्ष्य गरि एकेडेमी संचालन गरेको हुदा सम्माजले अपेक्षा गरे अनुरुप परिणाम दिन नसकेको भए पनि जुन वर्गबाट हामीले बालकहरु छनोट गर्दछौ यस प्रक्रियाबाट छनोट भएर आएका बालकहरुबाट मात्रै हामीले पूर्ण रुपमा खेलाडी उत्पादन गर्नु सहज कार्य हैन । तथापि इतिहास हेर्दा क्लले उल्लेख्य योगदान नेपाली फुटबलमा पुर्याएको हामि पाउछौ । अनिल गुरुङ ,विष्णु गुरुङ अजित भण्डारी ,सुशिल लामा ,लक्ष्मण जि.सी, मन बहादुर तामांग ,लगायतका राष्ट्रियस्तरकाहरु सहाराका उत्पादन हुन् भने हाल एकेडेमीबाट २ जना बालकहरु नेपाल आर्मी फुटबल क्लबमा छानोट भैसकेको अवस्था छ ।

फुटबलमा अग्रणी क्लब भनेपनि मोफसलमा भने कमजोर नै छ यसलाई कसरी नियाल्नु भएको छ ?
– पक्कै पनि अहा !रारा गोल्ड कपको संचालनले सहारा क्लब ले नेपालको फुटबल मा उल्लेखनीय योगदान र स्थान हासिल गरेको छ तथापी नेपालको खेल क्षेत्र व्यवसायिकतामा रुपान्तरण भै नसकेको हुदा यसमा प्रायोजक र लगानीकर्ता अनि बजारीकरणको कठिनाइले गर्दा समग्र नेपालको फुटबलले फड्को मार्न नसकेको यथार्थ हो ।

६) २० वर्षसम्म निरन्तर फुटबल प्रतियोगिता आयोजना गरिरहँदा बाहिरबाटै खेलाडी बोलाउनुपर्ने परिस्थिति विद्यमान छ । खेलाडी उत्पादनमा क्लब कहाँनेर चुक्यो जस्तो लाग्छ ?
–पक्कै पनि लामो समय यस क्षेत्र मा लागि रहदा अपेक्षा अनुरुप गर्न नसकेको भन्ने कुरा स्वभाबिक हो तर यसका लागि आवश्येक पूर्वाधारहरु तयार गर्न नै क्लबले लामो समयसम्म आफुलाई लगाउनु पर्यो। अब मोफसलमा रहेर आवसेक पुर्वाधार तयार भैकेकोले क्लबले आउदो समयमा ग्रासरुट फुटबलमा आफुलाई केन्द्रित गर्ने लक्षय राखेको छ । साथै पूर्ण रुपमा भोलिन्तियेर मात्रै नभएर अर्ध व्यवसायिक रुपमा एकेडेमीलाइ बढी भन्दा बढी ग्रास रुट फुटबलमा केन्द्रीत भएर खेलाडी उत्पादनमा लाग्ने र अगाडी बढने कार्य दिशा तय गरेको छ ।

७)सहारा क्लबको ध्यान फुटबलमा भन्दा एकेडेमीमा ध्यान गएको देखिन्छ तर एकेडेमी त्यति प्रभावकारी देखिएको छैन् भन्ने गुनासो छ यसमा तपाईको विचार के छ ?
– यो भनाइसँग सहमत हुन् सक्दिन किनभने ,कठिन एब बिपन्न बर्गका बालकहरू सम्मिलित एकेडेमी संचालन गर्दा पनि क्लबले जेहन्दार विद्यार्थीका साथै खेलाडी पनि उत्पादन गर्न केहीहदसम्म सफल भएको मान्दछु । अघि पनि जानकारी गराई सके हाल २ जना बालक आर्मी फुटबल क्लबमा आबधः हुदै गरेको स्थिति हो भने ६ जना बालकहरु २० औ आहा !रारा गोल्ड कप प्रतियोगितामा सामेल भएर खेलेको अवस्था छ ।

८)फुटबल विकासमा निरन्तर लागेपनि कास्की जिल्ला फुटबल संघको नेतृत्व लिन नसक्नुको कमजोरी के हो जस्तो लाग्छ ?
– यो बिषयमा कुरा गर्दा विगतमा सहारा क्लबका सस्थापक अध्यक्ष बसन्त थकाली अखिल नेपाल फुटबल संघ मा आबद्ध रहनु भएको थियो भने पुर्ब अध्यक्ष बिक्रम थकाली पनि एन्फा कास्कीमा अनि क्षेत्रीय फुटबल संघमा आबद्ध हुनु भएको थियो। पछिलो समयमा एन्फा कास्कीमा क्लबको सहभागिता नभएको अबस्था छ । यसमा पुर्व नेतृत्वकोे सुझाबुझ नै मह्त्वपूर्ण हुन्छ,तद अनुरुप उहाँहरुले सोच्नु हुन्छ जस्तो लाग्छा मलाइ ।

अन्त्यमा तपाईको विचारमा पोखराको फुटबल विकासमा गर्नुपर्ने काम के के हुन जस्तो लाग्छ ?
– पोखराको फुटबल बिकासको कुरा गर्दा समग्र रुपमा एन्फा केन्द्रको सहकार्यमा कास्की एन्फाले कास्की जिल्ला लाइ समेट्ने गरि क्लबस्तरीय फुटबल बिकासको ठोस नीति र कार्यक्रम तय गर्नु पर्यो । खेलाडी उत्पादन गर्न ग्रास रुट फुटबललाई प्रथमिकतामा राखेर प्रोग्राम दिनु पर्यो । साथै मोफसलबाट पनि अबको नया समय अनुरुप फुटबल लाई व्यवसायिक रुपमा अगाडि लैजान क्लबहरुले प्रा.ली. अबधारणालाइ आत्मसाथ गर्दै अगाडि जानु पर्छ जस्तो लाग्छ । तदानुरूप हामी सहारा क्लब पोखरा पनि प्रा.लि अबधारणा अनुसार अगाडि जाने कि भन्ने छलफलमा आएको अवस्था हो ।