
पोखरा-बैकल्पिक खेलाडीले निर्णायक गोलगरेपछि रुस्लान थ्रीस्टारलाई क्र्वाटरफाईनलमै रोक्दै त्रिभुवन आर्मी क्लब २० औं सस्करणको आहा रारा गोल्डकपको सेमिफाईनल प्रवेश गरेको छ ।
टंक बस्नेतको स्थानमा मैदान छिरेका प्लयेर अफ दि म्याच राजीव गुरुङले ७० औं मिनेटमा गोलको खडेरी तोडेका थिए । आर्मीलाई जितको हकदार बनाउन उनले जर्ज प्रिन्स कार्कीको पासलाई उपयोग गरे । सेन्टर लाईन नजिकै प्रिन्सले बल दिने क्रममा थ्रीस्टारका डिफेण्डर चिप्लिएर लडेपछि राजीवले वान भर्सेस वानको अवस्थामा गोल गर्दै आर्मीको जित पक्का बनाए । आर्मीले अब फाईनल प्रवेशका लागि मनाङ मस्र्याङ्दी क्लबसँग खेल्ने छ ।
त्रिभुवन आमीले दुई वर्ष अघिको पोखराकै मैदानमा थ्रीस्टारसँग फाईनलमा पराजित हुदैं उपाधि उचाल्ने सपना पुरा गर्न सकेको थिएन् । त्यही आर्मीले पोखराकै मैदानमा दुईवर्षपछि मंगलबार २० औं संस्करण गोल्डकपको क्र्वाटरफाईनल भेटमा थ्रीस्टारलाई सेमिफाईनल यात्रा गर्न दिएन् । थ्रीस्टारलाई रोक्न त्रिभुवन आर्मीको १–० गोलको नजिता पर्याप्त रह्यो ।
०७५ सालमा आर्मी थ्रीस्टारसँग फाईनलमा टाइब्रेकरमा पराजित भएको थियो । २–२ गोलको बराबरी खेल्दै निर्णय पेनाल्टीमा पुगेको थियो । पेनाल्टीमा ५–४ गोल अन्तरले हार व्यहोरेको थियो । त्यो हारको पीडालाई त्रिभुवन आर्मीले पोखराकै मैदानमा थ्रीस्टारलाई पराजित गर्दै मल्हम लगायो । आर्मीले थ्रीस्टारविरुद्ध आक्रमक रणनीति अपनाएपनि सफल भने हुन सकेको थिएन् । थ्रीस्टारले पनि आर्मी विरुद्ध उत्कृष्ट मुभ बनाएर दबाव बनाउन सकेन् । खेलको ८ औं मिनेटमा आर्मीले पहिलो अवसरलाई गुमायो । जर्ज प्रिन्स कार्कीले गोल गर्ने महत्वपूर्णलाई खेर फाले । उनको प्रहारलाई थ्रीस्टारका गोलकिपरले बचाउ गर्दै दबावमुक्त राखिराखे । जर्जप्रिन्सलाई टंक बस्नेत थ्रीस्टारका खेलाडीबाट बल खोस्दै पास उपलब्ध गराएका थिए ।
खेलको ६३ औं मिनेटमा टंक बस्नेतलाई लडाएपछि आर्मीले फ्रिकिको अवसर पायो । फ्रिकिकलाई जर्जप्रिन्सले सिधै पोष्टको फ्रेममा हानेपनि थ्रीस्टारका गोलकिपरले पन्च गर्दै बललाई जालीचुम्नबाट जोगाए । आमीले खेलको इन्जुरी समयमा पाएको फ्रिकिकलाई समेत जर्जप्रिन्स कार्कीले उत्कृष्ट क्रस गर्न नसक्दा आर्मीको गोल अन्तर बढन सकेन् ।
६७ औं मिनेटमा थ्रीस्टारले पाएको अवसरलाई गुमाउन पुग्यो । ऋतिककुमार खड्काको पासलाई डोना थापाले धैर्य गरेर हान्ने अवसर पाए पनि चुके । उनले हतारिएर प्रहार गर्ने क्रममा डिफेन्ससँग बल ठोक्किएर क्लियर हुन पुग्यो । डोनाले ह्याण्डबलको अपिल गरेपनि रेफ्रीले चासो नै दिएनन् । थ्रीस्टारले आर्मीविरुद्ध खासै मुभ बनाउन सकेन् । उत्कृष्ट प्रदर्शनको अपेक्षा गरिएपनि पूर्व च्याम्पियनको पोखराको मैदानमा प्रभावशाली देखिएन् ।
पाएको अवसरको सदुपयो गर्न नसक्दा हार व्यहोर्न परेको थ्रीस्टारका प्रशिक्षक उर्जन श्रेष्ठले बताए । उनले गोलरक्षकले निकै उत्कृष्ट प्रदर्शनी गरेपनि डिफेन्डर चिप्लिदा गोल खान पुगको प्रतिक्रिया दिए । कप्तान अशोक खवास र निशान खड्का चोट मुक्त हुँदै खेल खेलेको कारण सन्तुलन नमिलेको बताए । आर्मीका प्रशिक्षक राजु तामाङले आहा रारा जित्नकै लागि आएको बताए । खेलाडीले पहिलो हाफमा पाएको अवसरको सदुपयो गर्न नसक्दा गोल सोचेजति नभएको उनले सुनाए । हिमश्री फुड्सका मुख्य प्रायोजन तथा सहारा क्लबको आयोजनामा सञ्चालित प्रतियोगितामा बुधबार पहिलो सेमिफाईनल खेल एपिएफ र मछिन्द्र बीच हुने छ ।
क्र्वाटरफाईनलसम्म कोभिड विरुद्ध स्वास्थ्य मापदण्ड अपनाउने भन्दै सहारा क्लबले दर्शकविहीन प्रतियोगिता सञ्चालन गर्यो । यद्यपी सेमिफाईनलबाट भने दर्शकले हेर्न अवसर पाउने छन् । सेमिफाईनलमा दर्शकलाई प्रवेश दिईने क्लबका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए । सेमिफाईनलमा दर्शकको लागि ३ सय रुपैयाँ टिकटको मूल्य कायम गरिएको छ ।


कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…