
पोखरा-नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा जुटिरहँदा गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयले खेलाडीलाई पौष्टिक आहार(डाईट)को व्यवस्था गर्ने प्रतिबद्धता गरेको छ । राष्ट्रियस्तरको प्रतियोगितामा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्ने विभिन्न खेलका खेलाडीलाई तीन महिना पौष्टिक आहार उपलब्ध गराउने निर्णय गरेको छ । निर्णय अनुसार गण्डकी प्रदेशबाट खेल्ने खेलाडीलाई तीन महिना डाईटको व्यवस्था मन्त्रालयले नै गर्ने छ । खेलाडी डाईटको लागि मन्त्रालयले ५ लाख रुपैयाँ छुट्टाएको छ । छुुट्टाइएको बजेटबाट सबै खेलका खेलाडीलाई समेट्दै डाईट व्यवस्था गरिने मन्त्रालयले जनाएको छ ।
‘डाईटको लागि सम्बन्धित खेलसँग खेलाडीको नामावली संकलन मागिएको छ ।’ गण्डकी प्रदेश खेलकुद परिषदका उपाध्यक्ष ध्वजकुमार गुुरुङले भने–‘सबै संघले नामावली दिएपछि ठोस निर्णय गर्ने छौं । अहिले संघहरुले नै खेलाडीको नामावली दिईसकेका छैनन् ।’ उनका अनुुसार आगामी बैशाखदेखि खेलाडीलाई डाईटको व्यवस्था गर्ने सम्भावना रहेको छ । तर कतिपय संघलाई भने खेलाडीको डाईटको विषयमा जानकारी नै नभएको प्रतिक्रिया दिएका छन् । मन्त्रालय तथा परिषदले नै सार्वजनिक सूचना एवं संघहरुलाई पत्राचार नभएको गुनासो गरेका छन् ।
मन्त्रालयले डाईटको लागि पोखराकै कम्पनीहरुसँग छलफल भईरहेको उनले बताए । खेलाडीलाई ड्राई फुड्सको रुपमा प्रोटिन एवं क्यालोरियुक्त चना, बदाम, काजुुको सातुु र फलफुल उपलब्ध गराईने उपाध्यक्ष गुरुङले बताए ।
‘प्रोटिन, क्लाल्सियमयुक्त डाईटको व्यवस्था गर्नुपर्छ । खेलाडीलाई आवश्यकता अनुुसार डाईटको खुवाउने योजनासहित काम अघि बढाइएको छ ।’ उनको भनाई थियो । कम्पनीसँग गरिएको छलफल अनुसार एक केजीले एकजना खेलाडीलाई २० दिन पुुग्ने उनले बताए । ‘कम्पनीले बताए अनुसार एक केजीले एकजना खेलाडीलाई २० दिन पुुग्छ ।’ उपाध्यक्ष गुरुङले सुनाए । खेलाडीलाई प्रोटिन, क्याल्सियमयुुक्त डाईट खुवाउनुपर्ने मन्त्रालयले बताउँदै आएको छ । ‘खेलाडीको काम खेल्ने हो । डाईट हामीले व्यवस्था गरिदिन्छौं ।’ युवा तथा खेलकुद मन्त्री राजीव गुरुङले सार्वजनिक कार्यक्रममै अभिव्यक्ति दिदैं आएका छन् । मन्त्रालयले प्रत्येक खेलसँग १० जना खेलाडीको नामावली मागेको छ । टिम गेमका खेलाडीलाई त्यही अनुुसार व्यवस्था गर्नुपर्ने देखिन्छ । मन्त्रालयका अनुसार तीन महिना ३५० जना खेलाडीलाई नियमित रुपमा डाईटको व्यवस्था गरिने छ । संघहरुसँग खेलाडीको नाम मागेपनि कतिपय संघहरुले खेलाडीको नाम पठाउन नसक्दा निर्णय ढिला भएको समेत गण्डकी प्रदेश युवा तथा खेलकुद परिषदले जनाएको छ ।
कास्की जिल्ला भलिबल संघले बिहीबारदेखि सामुदायिक विद्यालयस्तरीय छात्र÷छात्रा भलिबल प्रतियोगिता आयोजना गर्दै छ । ‘विद्यालयस्तरीय प्रतियोगिताबाट उत्कृष्ट खेलाडी छनोट गरेर मन्त्रालयमा खेलाडीको नाम पठाउँछौं ।’ कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीमप्रसाद पराजुलीले भने–‘खेलाडी छनोट नभईसकेको हुदाँ नाम पठाउन ढिलाई भएको हो । प्रतियोगिता लगत्तै खेलाडी छनोट गरेर नाम पठाउँछौं ।’ कास्की जिल्ला तेक्वान्दो संघले पनि खेलाडीको नामावली दुुईदिनभित्र पठाउने अध्यक्ष कुमार गुरुङले बताए । कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले खेलाडीलाई डाईट खुवाउने मन्त्रालयको निर्णय बारे कुनै जानकारी नै नभएको प्रतिक्रिया दिए । कास्की जिल्ला बक्सिङ संघका अध्यक्ष सुमन श्रेष्ठले पनि मन्त्रालय खेलाडीलाई उपलब्ध गराउने डाईटको विषयमा कुनै जानकारी नपाएको प्रष्टयाए । एथलेटिक्स संघ कास्कीका पूर्व अध्यक्ष एवं केन्द्रीय सदस्य गजबहादुर गुरुङले समेत खेलाडीलाई डाईट खुवाउने विषयमा जानकारी नभएको प्रतिक्रिया दिए । क


पोखरा-कास्की जिल्ला फुटबल संघले फिफा फुटबल फर दि स्कुल कार्यक्रम अन्तर्गत शनिबार दोस्रो चरणमा १७ विद्यालयलाई बल हस्तान्तरण गरेको छ । कास्की जिल्ला फुटबल संघको परिसरमा विभिन्न सरकारी १७ विद्यालयलाई तीन तीन वटा बल हस्तान्तरण गरिएको थियो ।…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…