
पोखरा-कास्की क्रिकेट क्लबमाथि १ विकेटको रोमाञ्चक जित हात पार्दै सांग्रिला क्रिकेट क्लबले शनिबारीय टी–२० क्रिकेट लिगमा तेस्रो जितसँगै फाईनल प्रतिस्पर्धाको लागि सम्भावना जोगाई राखेको छ । शनिबार पोखरा रंगशालामा भएको प्रतिस्पर्धामा कास्की क्रिकेट क्लबले दिएको १११ रनको चुनौतिलाई सांग्रिलाले १९ ओभर खेल्दै ९ विकेटको क्षतिमा पुरा गर्यो ।
टस जितेर व्याटिङ गरेको कास्कीले कप्तान विष्णुप्रसाद शर्माले अविजित ३७ योगदानमा ११० रनको योगफल तयार पार्यो । शमाले २७ बल खेल्दै २ चौका र २ छक्का प्रहार गरे । रोहित चन्दले ३७ बलमा २३ रनको योगदान दिए । अन्य व्याटरको योगदान खासै देखिएन् । बलिङ तर्फ सुदिप पौडेल र राजु तामाङले समान २/२ विकेट लिए ।
१११ रनको चुनौति पछ्याएको सांग्रिला क्रिकेट क्लबले सुदिप पौडेलको३० रनको महत्वपूर्ण योगदानमा रोमाञ्चक जितको हकदार बन्यो । कप्तान विपिन खत्रीले पनि अविजित २२ रनको पारी खेल्दै जितसम्म डोहोर्याए । उनले १२ बल खेल्दै १ चौका र ६ छक्का प्रहार गरे । प्लेयर अफ दि म्याच सुदिप पौडेलले २४ बल खेल्दै ३० रन बनाउने क्रममा २ चौका र १ छक्का प्रहार गरेका थिए । अरुण अधिकारीले मध्यक्रममा २७ रनको योगदान दिएपनि जितको आशा पलाएको थियो ।
बलिङ तर्फ विश्वास पराजुलीे ३ विकेट लिए । विष्णुप्रसाद शर्मा र आयुष सैजुले २/२ विकेट लिए ।यसैगरी अर्को खेलमा माछापुच्छ्रेक्रिकेट क्लबले अरण्यज्योति क्रिके क्लबलाई ६९ रनले पराजित गरेको छ । टस जितेर अरण्यज्योतिले क्षेत्ररक्षण रोजेपछि कप्तान दिपेश खत्रीको अर्धशतकीय पारीमा १२८ रनको योगफल तयार पारेको थियो । ४६ बल खेल्दै ६ चौका र २ छक्का प्रहार गर्दै ५१ रनको योगदान दिए । मनोज कोइरालाले २१ रन बनाउने क्रममा ३१ बल खेल्दै २ चौका प्रहार गरे । त्यस्तै अभिषेक थापा र अभिषेक यादवले समान १६/१६ बनाए ।
बलिङ तर्फ विधान श्रेष्ठले ३ विकेट लिए । १२९ रनको चुनौति पछ्याएको अरण्यज्योति क्रिकेट क्लबले मोहम्मद खालिदको १७ र विधान श्रेष्ठको १२ रन बाहेक अन्य व्याटरले दोहोरो अंकको रन बनाउन चुक्दा केवल ५९ रनमै समेटियो । बलिङ तर्फ प्लेयर अफ दि म्याच प्रविन ढकालले ४ विकेट लिए । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा र वाईनकिङको मुख्य प्रायोजनमा सञ्चालित वाईनकिङ टी–२० कास्की जिल्ला क्लबस्तरीय च्याम्पियसिपको आगामी १२ गते शनिबार दुई खेल खेलाईने छ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…