
पोखरा-गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ(दिपक मनाङ्गे) मन्त्रालयको जिम्मेवारी मात्रै होईन, अब फुटबलको कप्तानी गर्ने छन् । उनकै कप्तानीमा मनाङ मस्र्याङ्दी क्लबको भेट्रान टोली बैशाख २ गतेदेखि पोखरा रंगशाला फुटबल मैदानमा आयोजना हुने ‘प्रथम राष्ट्रिय ९ ए साईड फुटबल प्रतियोगिता’ मा उत्रिने छ । क्लबबाटै व्यवसायिक फुटबल खेलेका मन्त्री गुरुङले आफनै क्लबबाट भेट्रानको नेतृत्व गर्ने छन् ।
भेट्रान फुटबल प्रतियोगितामा ५० वर्षमाथिको उमेर समूहका दुई खेलाडीलाई अनिवार्य समावेश गर्नुपर्ने प्रावधान छ । निर्धारित समयमा खेलाडी परिवर्तन बन्देज लगाईने छैन् । प्रशिक्षकले समेत खेल्ने पाउने छन् । ‘५० वर्षमाथिको दुई खेलाडी टिममा अनिवार्य हुनुपर्छ । प्रशिक्षकले समेत खेल्न पाउने नियम छ ।’ प्रतियोगिताका संयोजक दिलबहादुर गुरुङले भने–‘प्रशिक्षक समेतले खेल्न पाउने भएपछि टिममा १५ जना खेलाडी रहने छन् ।’ ६० मिनेट खेलाईने छ । टिममा ४० देखि ६० वर्ष उमेर समूहको खेलाडीलाई समावेश गर्नुपर्ने नियम बनाईएको छ ।
यो प्रतियोगिता गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयको पहिलो प्रतियोगिता हो । प्रतियोगिता सर्वाधिक पुरस्कार राशीको भेट्रान फुटबल प्रतियोगिता समेत हो । ज्येष्ठ खेलाडीहरुलाई खेलकुदमा सक्रिय रुपमा जोड्ने उद्देश्यसहित मन्त्रालयले ध्येय रहेको छ । पूर्व खेलाडीहरुको सक्रियताले खेलकुदको विकास र विस्तारमा नयाँ आयाम थपिने विश्वास स्वयं युवा तथा खेलकुद मन्त्री गुरुङको छ । ‘खेलाडीलाई खेल्न प्रेरित गर्ने हो । आफैं खेल्न सक्दैन् भने युवा पुस्तालाई खेलकुदमा सहभागिता गराउन कठिनाई हुन्छ ।’ मन्त्री गुरुङको भनाई थियो–‘हाम्रो पुरै मनाङ मस्र्याङ्दी क्लबका भेट्रान(एक्स) खेलाडी मात्रै सहभागि हुन्छन् ।’ ‘दैनिक एक घण्टा व्यायाम’ नारा छ ।

युवा तथा खेलकुद मन्त्रालयका सचिव बद्रीनाथ अधिकारीले खेलकुदलाई बजेट छुट्टाउनुपर्नेमा जोड दिदैं खेलकुदमा गरिएको लगानीले प्रतिफल दिने बताए । ‘सरकारले खेलकुदमा लगानी गर्न पछि हट्नु हुन्न । खेलकुदमा लगानी गरेको प्रतिफल आउँछ भन्ने हेक्का नहुदाँ लगानी गर्न सरकार डराईरहेको छ ।’ उनले भने–‘प्रतियोगिता मार्फत सहभागि हुने खेलाडीले खेल पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउँछन् । जुन अप्रत्यक्ष देखिन्छ ।’
पोखराबाट ६, काठमाडौंबाट ८ टिमको सहभागिता रहने प्रतियोगितामा वालिङ, सिमरा, हेटौडाबाट समेत गरी १९ टोलीको सहभागिता रहने मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईयो । प्रतियोगितामा नेपालबाट विभिन्न क्लबबाट व्यावसायिक फुटबल खेलसकेका पूर्व राष्ट्रिय खेलाडीहरुको सहभागिता रहने छ । प्रतियोगितामा विजेता टोलीले नगद ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् । दोस्रो पुरस्कार स्वरुप १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्दा दुई सेमिफाईनल पुग्ने टोलीले ३०÷३० हजार नगद पाउने छन् । सर्वोकृष्ट खेलाडीले नगद २० हजार राशी पाउँदा गोलरक्षक, डिफेण्डर, मिडफिल्डर, फरवार्ड र सर्वाधिक गोलकर्ताले नगद १५÷१५ हजार रुपैयाँबाट पुरस्कृत हुने छन् । प्रतियोगिताको लागि ८ लाख ६० हजार खर्च हुने अनुमान गरिएको छ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…