
एजेन्सी—इग्ंिलस क्लब आर्सनल युरोपा लिगाको अन्तिम १६ मा प्रवेश गरेको छ । बिहीबार राती अष्टरसण्ड एफ के सँग दोस्रो लगेमा पराजित भएपनि समग्रमा ४—२ को नतिजाँसगै अन्तिम १६ को स्थान पक्का गरेको हो ।
पहिलो लेगमा ३—०को नजिता निकालेका आर्सनल दोस्रो लेगमा भने २—१ ले पराजित हुन पुग्यो । दुवै गोल पहिलो हाफको दुई मिनेटभित्र सम्भव भएपछि पराजित भएपनि अघिल्लो खेलको नजिताले आर्सनललाई १६ को यात्रा तय गरायो । खेलको २२ औं मिनेटमा गोल खाएको आर्सनलले दोस्रो गोल भने २३ औं मिनेटमा खाँदै अन्तिम १६ को प्रवेश पाउने सम्भावना कठिन हुने सम्भावना देखियो । यद्यपी अष्टरसण्डबाट थप गोल नभएपछि आर्सनलको भाग्य खुल्यो ।
२२ औं मिनेटमा हसम एईसले समन घोडोसको पासमा दायाँ खुट्टाले हानेको बल पोष्टको दायाँकुनाबाट भित्र छिरेपछि आर्सनलमाथि स्पष्ट अग्रता कायम गर्यो । लगत्तै २३ औं मिनेटमा पनि केन सेमाले समन घोडोसकै पास उपयोग गर्दै गोल गरेपछि आर्सनल दबावमा रह्यो । ३० औं मिनेटमा पनि अष्टरसण्डले अर्को मुभ बनायो । तर गोल हुनबाट भने रोकियो । समनकै पासमा कर्टिस इडवार्डले हानेको बल बाहिरिएको थियो ।
३५ औं मिनेटमा आर्सनलले अवसर सृजना गर्यो । ड्यानी वेलबेकले हेनरिक मिखितारयानले दिएको पासमा हेडिङ गरेपनि सिधै गोलकिपरको हातमा पुग्यो । ४२ औं मिनेटमा ज्याक विल्सेरले सुन्दर अवस्थाबाट हानेको बल बक्सभन्दा धेरैपरबाट आकासिदैं बाहिरियो । ४७ औं मिनेटमा सिड कोलासिनाचले हेक्टर बेलेरिनको पासमा आर्सनलको लागि गोल गरे । गोल गर्दै खेलमा फर्किन खोजेपनि आर्सनलले थप गोल गर्न भने सकेन् । अन्तत नजिता २—१ ले पराजित भयो । तर समग्र खेलमा ४—२ को नजिता आत्मसात गर्दै युरोपा लिगाको १६ मा प्रवेश ग¥यो ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…