
पोखरा-नवौं राष्ट्रिय खेलकुद अन्तरगत पौडी प्रतियोगितामा आर्मी च्याम्पियन बनेको छ । आर्मीले २० स्वर्ण, ९ रजत र ७ कास्य सहित ३६ पदक जित्दै आर्मी टिम च्याम्पियन बनेको हो । एनआरएनए ९ स्वर्ण, ६ रजत र १ कास्य सहित १६ पदक सहित दोस्रो र एपिएफ ३ स्वर्ण, ४ रजत र ६ कास्य सहित १३ पदक सहित तेस्रो भयो ।
अन्तिम दिन आर्मीले चार स्वर्ण पदक जितेको छ । आर्मीले महिला ४ सय मिटर फ्रिस्टाइल दुवाना लामाले स्वर्ण जितेकी छन् । उनले ४ मिनेट ४३.९२ सेकेण्डमा पुरा गरिन् । पुलिसकी मिगन गुरुङले ५ मिनेट ४.३८ सेकेण्डमा दुरी पार गर्दै रजत पदक जितिन् । त्यसै गरी बागमती प्रदेशकी टिसा मर्हनले ५ मिनेट ७.३६ सेकेण्डमा पुरा गर्दै कास्य पदक जितिन् । त्यसैगरी पुरुष ४ सय मिटर व्यक्तिगत मिड्ले(आइएम) एनआरएनका आशिष सापकोटाले स्वर्ण जिते । उनले ४ मिनेट ३५.३६ सेकेण्डमा पुरा गर्दै नयाँ कीर्तिमान समेत राखेका छन् । प्रदेश १ का प्रारम्भ भण्डारीले ५ मिनेट १२.०९ सेकेण्डमा पुरा गर्दै रजत पदक जिते भने एपिएफका सुरेन्द्रबहादुर सिंहले ५ मिनेट १२.१५ सेकेण्डमा पुरा गर्दै कास्य पदकमा चित्त बुझाए ।
त्यसै गरी महिला १ मिटर बे्रष्टस्ट्रोकमा आर्मीकी दुवाना लामाले १ मिनेट १६.६३ सेकेण्डमा पुरा गर्दै स्वर्ण पदक जितिन् । उनले यो विधामा पनि नयाँ कीर्तिमान कायम गरेकी छन् । आर्मीकै उपस्ति मर्हजनले १ मिनेट २२.३९ सेकेण्डमा पुरा गर्दै रजत पदक जितिन् । नेपाल पुलिसकी अदिप्सा वैद्यले १ मिनेट २२.६७ सेकेण्डमा पुरा गर्दै कास्य पदक जितिन् । मंगलबार नै भएको पुरुष १०० मिटर बे्रष्टस्ट्रोकमा प्रदेश १ का विकास कुमाले स्वर्ण जितेका छन् । उनले १ मिनेट ७.९३ सकेण्डमा पुरा गर्दै उनले कीर्तिमानी स्वर्ण जिते । त्यसै गरी आर्मीका नासिर हुसेनले १ मिनेट ८.४६ सकेण्डमा सक्दै रतज पदक जिते भने एनआरएनका आशिष सापकोटाले १ मिनेट ८.८० सेकेण्डमा सक्दै कास्य पदक जिते ।
अर्को खेलमा पुरुष २ सय मिटर बटरफ्लाईमा एनआरएनएका आशिष सापकोटाले २ मिनेट ९.४५ सेकेण्डमा पुरा गर्दै स्वर्ण जिते । उनले यो विधामा नयाँ कीर्तिमान समेत कायम गरेका छन् । आर्मीका अनुभव सुब्बाले २ मिनेट २६.६० सेकेण्डमा पुरा गर्दै रजत पदक जितेका छन् भने एपिएफका सुरेन्द्रबहादुर सिंहले २ मिनेट २७.४५ सेकेण्डमा पुरा गर्दै कास्य पदकमा चित्त बुझाए । अर्को खेलमा महिला ५० मिटर फ्रिस्टाइलमा एनआरएनका आस्ले सापकोटा डङगोलले स्वर्ण पदक जितेकी छन् । उनले २७.८९ सेकेण्डमा पुरी परा गरिन् । आर्की गौरीका सिंहले २८.२९ सेकेण्डमा दुरी पुरा गर्दै रजत पदक जितिन् भने २८.७९ सेकेण्डमा दुरीपुरा गर्दै आर्र्मीकै अनुसैया तन्डुकारले कास्य पदक प्राप्त गरेकी छन् ।
पुरुष ५० मिटर पुरुष फ्रिस्टाइलमा आमीका अलेकजेण्डर शाहाले २३.८७ सेकेण्डमा दुरीपुरा गर्दै स्वर्ण पदक जितेका छन् । त्यसै गरी पुलिसका शांखबहादुर रघुवंशीले २४.५३ सेकेण्डमा दुरीपुरा गर्दै रजत र एपिएफका तेन्जीङ नाम्दीर्यान गुरुङले २५.८२ सेकेण्डमा पुरा गर्दै कास्यपदक जिते । ४ सय मिटर फ्रिस्टाइल रिलेमा आर्मीले स्वर्ण, प्रहरीले रजत र बागमती प्रदेशले कास्य पदक प्राप्त गरेको छ ।
पौडी प्रतियोगितामा आर्मी दुवाना लामाले ९ स्वर्ण, १ रजत सहित १० पदक जितेकी छन् भने नाजिर हुसेनले ७ स्वर्ण, २ रजत र १ कास्य सहित १० पदक जितेका छन् । एनआरएनका एस्लि सापकोटा डङगोलले ६ स्वर्ण, २ रजत सहित ८ पदक र आर्मीकी गौरीका सिंहले ५ स्वर्ण, १ रजत सहित ६ पदक जितेकी छन् । पौडी प्रतियोगितामा ५० स्वर्ण, ५० रतज र ५० कास्य पदकका लागि खेलाडीहरु प्रतिस्पर्धा गरेका थिए ।


पोखरा-कास्की जिल्ला फुटबल संघले फिफा फुटबल फर दि स्कुल कार्यक्रम अन्तर्गत शनिबार दोस्रो चरणमा १७ विद्यालयलाई बल हस्तान्तरण गरेको छ । कास्की जिल्ला फुटबल संघको परिसरमा विभिन्न सरकारी १७ विद्यालयलाई तीन तीन वटा बल हस्तान्तरण गरिएको थियो ।…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…