
पोखरा–दुआथलन प्रतियोगितामा पुरुषतर्फ नेपाल पुलिस र महिलातर्फ नेपाल आर्मीले स्वर्ण पदक जितेको छ ।
५ किमी दौड, २० किमी साइक्लिङ र २.५ किमी दौड प्रहरीका किरण लिम्वुले १ घण्टा २२ सेकेन्डमा पार गर्दै पुरुषतर्फ स्वर्ण पद जितेका हुन् ।
त्यसैगरी निर्धारित दुरी १ घण्टा ११ मिनेट ४४ सेकेन्डमा पार गर्दै आर्मीकी इन्द्रकला नेम्वाङले संवर्ण पदक हात पारिन् ।
पुरुषतर्फ आर्मीका मनबहादुर थापा मगरले निर्धारित दुरी १ घण्टा १ मिनेट ४१ सेकेन्डमा पार गर्दै रजत र आर्मीकै प्रेमसिंह मन्यालले निर्धारित दुरी १ घण्टा ७ मिनेट ३४ सेकेन्डमा पार गर्दै काँस्य पदक जित्न सफल भए ।
महिलातर्फ एपीएफका अनिता राइले निर्धारित दुरी १ घण्टा १३ मिनेट ३९ सेकेन्डमा पार गर्दै रजत पदक हात पारिन् भने आर्मीकी हेमा चौधरीले निर्धारित दुरी १ घण्टा २८ मिनेट ४३ सेकेन्डमा पार गर्दै काँस्य पदक जित्न सफल भइन् ।
दुवाथलनमा आर्मी टीम च्याम्पियन बन्न पुग्यो ।


कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…