
पोखरा-विश्वकप विजेता जर्मनी जापानसँग स्तब्ध बनेको छ । जर्मनीले पनि अर्जेन्टिनाजस्तै नियति भोग्यो । अग्रता लिएरपनि जोगाउन नसकेको अर्जेन्टिना साउदी अरेबियासँग पराजित भएको चर्चा सेलाउन नपाउँदै उस्तैगरी जर्मनी जापानसँग पराजित हुन पुग्यो । जापानले दोस्रो हाफमा आक्रमक तर सुधारिएको प्रदर्शन गरेपछि उत्कृष्ट कमब्याक जित निकाल्यो । पहिलो हाफमा पेनाल्टीबाट पछि परेको जापानले दोस्रो हाफमा दुई गोल गर्दै जर्मनीमाथि २-१ गोलले पराजित गर्दै ऐतिहासिक जित दर्ता गर्यो ।
बुधबार विश्वकप अन्तर्गत समूहचरणको प्रतिस्पर्धामा खेलको ३३ औं मिनेटमा जर्मनीले अग्रता लियो । जापानीज गोलकिपर सुईची गोण्डाले जर्मनीका डेविड राउमलाई लडाएपछि पेनाल्टी प्राप्त गरेको थियो । पेनाल्टीलाई जर्मनीका गुण्डोगानले चुकाएनन् । पहिलो हाफमा एशियाली पावरहाउस जापानले रक्षात्मक खेल पस्किएको थियो । जर्मनीको हरेक प्रयासलाई विफल बनाएपछि जर्मनीलाई पेनाल्टीको अवसर दिनु नै जापान पहिलो हाफ बराबरीमा टुग्याउने चाहना पुरा हुनै सकेन् । पहिलो हाफमो अतिरिक्त समयमा जर्मनीका हार्भटेज गोल गरेपछि भिडियो असिस्टेण्ट रेफ्री(भिएआर)ले अफसाईडको संकेत गरेपछि जर्मनी पहिलो हाफ १-० को अग्रतामा रहयो ।
दोस्रो हाफमा लय समातेको जापानले खेलको गोल फर्काउँदै रोमाञ्चक बराबरी गर्यो । खेलको ७५ औं मिनेटमा बैकल्पिक खेलाडी रित्सु डोआनले गोल गर्दै जापानलाई खेलमा फर्काए । ताकुमी मिनामिनेो प्रहारलाई जर्मनी गोलकिपर मानियुल नोयुरले बचाउ गरे । बचाउ गर्ने क्रममा रिवाउण्ड भएको बललाई डोआनले गोल गर्दै जापानलाई बराबरीमा ल्याए । डोआन अवो तानाकाको स्थानमा मैदान छिरेका थिए ।
डोआनको गोलसँगै उत्साहित जापानीले खेल सकिन केही मिनेट बाँकी रहदाँ अर्को गोल थप्दै जित पक्का बनायो । खेलको ८३ ताकुमा असानो गोल गर्दै जापानलाई जर्मनीमाथि ऐतिहासिक जित दिलाए । असानोले को इताकुराको फ्रिकिक पासलाई सदुपयोग गर्दै गोल गरे । जुन निर्णायक बन्यो । जर्मनीमाथि ऐतिहासिक जित दर्ता पर्याप्त बन्यो ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…