
पोखरा(खेलाडी न्युज)—नेपाल सेटलाईट टेलिकम एनभिए महिला तथा पुरुष भलिबल प्रतियोगिताको क्र्वाटरफाईनल समिकरण पुरा भएको छ । महिला तथा पुरुषमा विभागीय क्लबले आफनो प्रभुत्वलाई कायमै राखेका छन् ।
पुरुष तर्फको प्रतिस्पर्धामा शसस्त्र प्रहरी बलले मणिमुकुन्द रुपन्देहीलाई पराजित गर्दै सेमिफाईनल प्रवेश गरेको छ ।
शसस्त्रले रुपन्देहीलाई २५—१९, २५—२३, १९—२५ र २५—२१ को सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान पक्का ग¥यो । अर्को विभागीय टोली आर्मीले नयाँबजार सामाजिक क्लबलाई २५—१०, २५—१६ र २५—९ को सोझो सेटले पन्छाउँदै नेपाल पुलिस क्लबले ढोरपाटनलाई २५—११, २५—१७ र २५—२१ को सोझो सेटमा पराजित गर्दै विभागीय बर्चस्वलाई जोगाई राख्यो । हेल्प नेपालले पनि जावलाखेललाई पराजित गर्दै अन्तिम चारमा आफुलाई उभ्याउन सफल भयो । हेल्प नेपालले जावलाखेलमाथि २५—१६, २५—१७, २१—२५ र २५—२२ को सेटमा पन्छाउँदै सेमिफाईनलको ढोका खोल्यो । प्रतियोगिताका संयोजक एवं नेपाल भलिबल संघका बरिष्ठ उपाध्यक्ष यामबहादुर गुरुङका अनुसार महिला तर्फको सेमिफाईनल शिवम न्यु डायमण्ड र नेपाल प्रहरी बीच हुने छ ।
दोस्रो सेमिफाईनल खेल नेपाल आर्मीले शसस्त्र प्रहरी बलको सामना गर्ने छ । पुरुष तर्फको पहिलो सेमिफाईनल खेल हेल्प नेपालले नेपाल प्रहरीको सामना गर्ने छ भने एपीएफले नेपाल आर्मीसँग प्रतिस्पर्धा गर्ने छ । विजेता महिला तथा पुरुष टोलीले नगद १ लाख ५० हजार, उपविजेताले १—१ लाख रुपैयाँ पाउने छन् । तेस्रो हुने टोलीले नगद ६०—६० हजार र उत्कृष्ठ महिला तथा पुरुष खेलाडीले १५—१५ हजार, बेष्ट स्पाईकर, डिफेन्डर, सेटर, ब्लकर र सर्भरलाई ५—५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…