
एजेन्सी—म्याच फिक्सिङमा संलग्न भएको आरोपमा पाकिस्तानी खेलाडी शाहजेब हसनलाई एक वर्षको प्रतिबन्ध लगाएको छ । पाकिस्तान क्रिकेट बोर्ड(पिसिबी)ले म्याच फिक्सिङमा संलग्न भएको आरोपमा उनलाई एक वर्षको प्रतिबन्ध लगाएको हो । पाकिस्तानमा यतिबेला पाकिस्तान सुपर लिग(पिएसएल) चलिरहेको छ ।
हसनलाई क्रिकेट आचार संहिताको नियम २.४.४ र २.४.५ को उल्लंघन गरेको भन्दै कारवाही गरिएको हो । उनलाई म्याच फिक्सिङ सम्बन्धी जानकारी भएर पनि लुकाएको भन्दै कारवाही गरिएको पिसिबीले जनाएको छ । उनको गतवर्ष पनि म्याच फिक्सिङकै आरोप लागेको थियो । उनलाई दशलाख रुपैयाँ समेत जरिवाना गरिएको छ । उनले पाकिस्तानको लागि तीन वान डे र १० टी—२० खेल खेलिसकेका छन् । वान डेमा ३३.३३ को औसतमा १०० र १० टी—२० मा ११.६० को औसतले ११६ रन बनाएका थिए । उनको टी—२० मा ५० र वान डेमा ३५ रन उनको सर्वाधिक रन रहेको छ । तस्वीर एएफपी


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…