
काठमाडौं- नेपाली खेलाडी राजेन्द्र दुलाल र रक्त मानन्धरको जोडी २० औं बिश्व भेट्रान्स च्याम्पियनसिप टेबल टेनिस २०२३ को पुरुष डबल्स ४५ बर्ष माथी समूहमा भारतमाथी ३–२ को जित निकाल्दै फाईनल प्रवेश गरेका छन् ।
प्रशिक्षक अनिता महर्जनले मस्कटबाट जानकारी गराए अनुसार दुलाल र मानन्धरको जोडीले भारतीय खेलाडी पियुष दुवा र महेशचन्द्रको जोडीलाई ११–६, ६–११, ९–११, ११–९, ११–१ को सेटमा पराजित गर्दै फाईनल प्रवेश गरेका हुन् । फाईनल खेल भोली बिहान ११ बजे रहेको समेत प्रशिक्षक महर्जनले जानकारी गराईन् ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…