
पोखरा-पोखरामा आयोजना हुदैं आएको नकाउट फुटबल प्रतियोगितामा अर्को फुटबल प्रतियोगिता थपिएको छ । सातौं संस्करणसम्म आयोजनापछि स्थगित भएको संगम कप फुटबल प्रतियोगिताले फेरी गति लिदैं छ । क्लब आठौं संस्करणको संगम कप फुटबल प्रतियोगिता आयोजनाको संघारमा छ ।
क्लबले आठौं संस्करण पूर्व राष्ट्रिय खेलाडी विल तामाङप्रति समर्पित गरेको छ । ८ औं संगम कप विल स्मृति फुटबल प्रतियोगिता नाम दिएको छ । स्व.तामाङ क्लबका संस्थापक सदस्य हुन् । संगम क्लबले सहभागिता जनाउने फुटबल प्रतियोगितामा स्व. तामाङले कप्तानी जिम्मेवारी निभाउँदै आएका थिए ।
क्लबका अध्यक्ष नरेन्द्रजंग गुरुङले पोखराको फुटबल विकासको लागि संगम कपलाई निरन्तरता दिने अभियान अन्तर्गत आठौं संस्करणको प्रतियोगिता आँटिएको बताए । उनका अनुसार प्रतियोगिता आगामी फागुन ८ गतेदेखि पोखरा रंगशालामा शुरु हुने छ । प्रतियोगिता १३गतेसम्म चल्ने छ ।
प्रतियोगितामा कास्की जिल्ला फुटबल संघमा आवद्ध क्लबहरुले मात्रै सहभागिता जनाउने पाउने छन् । ए डिभिजन लिग खेलेका खेलाडीहरुले क्लबले अनुबन्धन गर्न नपाउने प्रावधान आयोजक क्लबले बनाएको छ । संघमा आवद्ध क्लबहरुले यही माघ २९ गतेसम्म टिम दर्ता गरिसक्नुपर्ने क्लबले जनाएको छ । क्लबका अनुसार १२ वटा क्लबले टिम दर्ता गरिसकेको छन् ।
प्रतियोगितालाई सहारा हङकङले मुख्य प्रायोजन गरेको छ । संगम युकेले सह प्रायोजन गरेको छ । प्रतियोगितामा विजेताले १ लाख ७५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्ने छ । उपविजेता क्लबले १ लाख रुपैयाँ प्राप्त गर्ने छ । प्रथम पुरस्कारको प्रायोजन पूर्व राष्ट्रिय खेलाडी स्व. विल तामाङको परिवारले गरेको अध्यक्ष गुरुङले बताए ।
विधागत रुपमा उत्कृष्ट गोलरक्षक, डिफेण्डर, मिडफिल्डर र फरवार्डले जनही ५÷५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । सर्वोत्कृष्ट खेलाडीले नगद ७ हजारसहित ट्रफी पाउने क्लबका अध्यक्ष गुरुङले जानकारी दिए । उनका अनुसार क्र्वाटरफाईनलबाट प्रत्येक म्यान अफ दि म्याच घोषित खेलाडीले नगद १ हजार रुपैयाँ पाउने छन् ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…