
पोखरा-हिमालयन गल्फ क्लब च्याम्पियनसिपको उपाधि रमेश गुरुङले दोहोरो जितेका छन् । उनले शनिबार पोखरा–१४ छिनेडाडाँस्थित हिमालयन गल्फ कोर्षमा भएको प्रतिस्पर्धामा पाँच ओभर ७४ स्कोर निकाल्दै गल्फ च्याम्पियनको उपाधि जितेका हुन् ।
उनले पार ६९ को कोर्षमा स्टेबल फोर्ड ह्याण्डीक्यापमा खेलिएको प्रतिस्पर्धामा ग्रस तर्फको उपाधि समेत आफनो नाममा लेखाए । १८ होलको प्रतिस्पर्धामा ग्रस तर्फको उपविजेता भने प्रज्वल गुरुङ बने । उनले ७९ स्कोर गर्दैै उपविजेतामा सीमित भएका हुन् ।
त्यस्तै गल्फ वार्षिक प्रतियोगिताको उपाधि भने राजु थकालीले जितेका छन् । सन २०२२ मा विभिन्न प्रतिस्पर्धाको आधारसँगै शनिबार भएको प्रतिस्पर्धामा उनले उपाधि जितेका हुन् । उनी क्लबका १६ ह्याण्डीक्याप गल्फर हुन् । त्यस्तै उपविजेता भने मेजर अमरिश शुक्ला भए । नेट तर्फको प्रतिस्पर्धामा भने सन्तोष गुरुङले उपाधि जित्न सफल भए ।
उनले कोर्षमा ६ अण्डर ६३ को कार्ड बनाउँदै उपाधि जित्न सफल भएका हुन् । बसन्त गौचन उपविजेता बन्दा राजेश थापा तेस्रोस्थानमा रहे । बसन्त गौचनले ४ अण्डर ६५ को कार्ड बनाए । तेस्रो भएका थापाले एक अण्डर ६८ को स्कोरमा टुंग्याएका थिए ।अतिथि तर्फको नेट प्रतिस्पर्धामा नेपाली सेनाका जनरल सुदर्शन सिल्वालले उपाधि लेखाए । उनले दुई ओभर ७१ को स्कोर बनाए । त्यस्तै राम थापा उपविजेता बने । उनले ६ ओभर ७५ को स्कोरमा शनिबारको प्रतिस्पर्धा सकेका थिए ।
२६ गल्फरको प्रतिस्पर्धाको रहेको प्रतियोगितामा लालबहादुर गुरुङले होल नजिक हिर्काउँदै नगद १हजार रुपैयाँ प्राप्त गरे । त्यस्तै प्रज्वल गुरुङले सबैभन्दा टाढा हिर्काउँदै नगद १हजार पुरस्कार थापे । पुरस्कारको प्रायोजन गल्फर भक्तराज गुरुङ गरेका थिए । विजेता गल्फरहरुलाई कास्की जिल्ला गल्फ संघमा उपाध्यक्ष जीवाराम गुरुङ, सचिव ईन्जिनियर गोविन्द गौचन, नेपाली सेनाका जनरल सुदर्शन सिल्वाल लगायतले ट्रफी प्रदान गरेका थिए ।


पोखरा-सहाराको आवासिय एकेडेमीमा तीस जना बालक छन् । भरणपोषण र शिक्षादिक्षा समय अनुकुल खर्चिलो बन्दै गएको छ । आयस्रोत आर्थिक सहयोग जुटाउने बाहेक केही छैन् । सहयोग जुटाउने अभियानमा सहाराले गतवर्ष तिहार लगत्तै च्यारिटी डिनर कार्यक्रम आयोजना गरेको…