
पोखरा-अयोजक संगम क्लवले आठौं संस्करणको संगम कप विल स्मृति फुटवल प्रतियोगिता २०७९ मा विजयी शुरुवात गरेको छ । पोखरा रंगशालामा सोमबार(आज) भएको उद्घाटन खेलमा आयोजक संगम क्लवले सत्य युवा क्लब बी १३ लाई ३—१ को गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रबेश गरेको छ ।
संगमको जितमा निश्चल जि.सिले दुई गोल गरे । अमिर गुरुङले एक गोल गरे । बी १३ का सरोज विकले गोल फर्काए । खेलको ३० औं मिनेटमा संगमका जि.सी.ले पहिलो गोल गरे भने पहिलो गोल खाएको ७ मिनेटमै सत्य युवाका रोज बि.क.ले गोल गर्दै बराबरीमा ल्याए । खेलको ५५ औं मिनेटमा संगमका अमिरले एक गोल गरी खेलमा २—१ अग्रता दिलाए । त्यसै गरी खेलको ६० औं मिनेटमा जि.सि.ले पुनः एक गोल गरी आफ्नो व्यक्तिगत दुई गोल गर्दा आफ्नो टिमको जित सुनिश्चित पारेका हुन्।
शितल ज्योति क्लवलाई एल.जी.एशोसीयसन क्लवले पराजित गरेको छ । आसिस गुरुङको निर्णायक एक गोलको मद्धतले एल.जी. एशोसीसयनले शितल ज्योति माथि १—० को गोलअन्तरमा कठिन जित निकाल्यो । पहिलो हापको इन्जुरी समयमा आसिसले वान भर्सेस वानमा गोल गरेका हुन्। दोश्रो खेल प्रविधिक कारणले गर्दा ३०÷३० मिनेटमा खेल संचालन गरिएको थियो । भोलि (मंगलबार) प्रि—क्वाटरका तीन खेल हुने भएको प्रतियोगिताका म्याच कमिस्नर खिम बहादुर गुरुङले बताए ।
प्रतियोगिताको कास्की जिल्ला फुटवल संघ (एन्फा) का अध्यक्ष उज्जल रन्जितले उद्घाटन गरेका थिए । अध्यक्ष रन्जितले फुटवल खेलको विकास हुने यस्ता प्रतियोगिताको प्रबद्र्धन गर्न आग्रह गरे । कार्यक्रममा राष्ट्रिय प्रशिक्षक संघका अध्यक्ष एवं पूर्व राष्ट्रिय खेलाडी राजेन्द्र तामाङले अब खेल मनोरन्जन र स्वास्थ्यको लागि मात्र नभई विश्व सामु पहिचान गराउने शसक्त माध्यम भएको दाबी गरे । उक्त अवसरमा क्लवले फुटवल खेलको विकासमा योगदान पुराएको भन्दै फुटवल प्रशिक्षक शम्भु के.सी.लाई दोसल्ला ओढाई सम्मान गरेको छ । क्लबका अध्यक्ष नरेन्द्रजंग गुरुङको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रमा उपाध्यक्ष भिम बहादुर गुरुङ, सचिव बिकल राई लगायतले वोलेका थिए ।
पोखरा १३ मा रहेको संगम क्लवको आयोजनामा फुटवल खेलको विकास गर्ने उद्धेश्यले यही फागुन १३ गतेसम्म पोखरा रंगशालामा हुने उक्त प्रतियोगितामा १६ टिमको सहभागिता रहेको प्रतियोगिताका संयोजक शिव गुरुङ (माया) ले बताए ।
प्रतियोगिताका विजेतालाई १ लाख ७५ हजार, उपविजेतालाई १ लाख साथमा ट्रफी मेडल र प्रमाण पत्र वितरण गरिने छ । प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा सहारा हङकङ र संगम एल.जी.हङकङ रहेको छ । प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीलाई ७ हजार, प्रतियोगितामा उत्कृष्ट स्टाइकर, उत्कृष्ट डिफेन्स र उत्कृष्ट मिड फिल्डरलाई जनहि ५÷५ हजार पुरस्कार प्रदान गरिने भएको छ ।
संगम क्लवले २०६८ मा जिल्लामा छनौट भई राष्ट्रिय लिग समेत खेलेको थियो । क्वाटरफाइनलबाट हरेक खेलमा म्यान अफ दी म्याचलाई ट्रफीको साथमा एक हजार रुपैया समेत प्रदान गरिने भएको छ । पुर्व खेलाडी संगम क्बलका संस्थापक सदस्य एवं कप्तान समेत रहेका बिल तामाङको स्मृतिमा क्लवले उक्त फुटवल प्रतियोगिता संचालन गरेको हो । प्रतिनिधि सभा सदस्य एवं क्लवका पूर्व सचिव शिव नेपालीको समेत कार्यक्रममा बिषेश उपस्थिती रहेको थियो ।


पोखरा-सहाराको आवासिय एकेडेमीमा तीस जना बालक छन् । भरणपोषण र शिक्षादिक्षा समय अनुकुल खर्चिलो बन्दै गएको छ । आयस्रोत आर्थिक सहयोग जुटाउने बाहेक केही छैन् । सहयोग जुटाउने अभियानमा सहाराले गतवर्ष तिहार लगत्तै च्यारिटी डिनर कार्यक्रम आयोजना गरेको…