
पोखरा-राष्ट्रपति रनिङ सिल्ड तथा तृतीय मेयर कप विद्यालय खेलकुद प्रतियोगिता–२०७९ को उपाधि टप्स बोर्डिङ स्कुलले उचालेको छ । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा पोखरा रंगशालामा भएको प्रतियोगितामा कुल ७ स्वर्ण, २ रजत र ४ कास्य पदकसहित टप्स च्याम्पियन बनेको हो ।
सैनिक आवासीय मावि ५ स्वर्ण, ४ रजत र ११ कास्यसहित द्वितीय स्थानमा रह्यो । सैनिकले कुल २० पदक हात पा¥यो । शहिद स्मृति मावि ५ स्वर्ण, ४ रजत र ४ कास्यसहित तृतीये भयो । शहिद स्मृतिले कुल ११ पदक पायो । प्रतियोगितामा भलिबल, कबड्डी, एथ्लेटिक्स र मार्सल आर्टस्अन्तर्गत छात्र–छात्राका खेल भएका थिए ।
एथलेटिक्समा टप्सले ७ स्वर्ण, १ रजत र ४ कास्य हासिल गर्दै प्रथम भयो । सैनिकले ५ स्वर्ण ४ रजत र ६ कास्य हासिल गर्दै द्वितीय भयो । त्रिवेणी पब्लिक २ स्वर्णसहित तृतीय हुँदा कास्की मोडनाइज ४ रजत र २ कास्यसहित सान्त्वना भएको खेलकुद विकास समितिले जनाएको छ । कराँतेमा शितलादेवी मावि २ स्वर्ण, १ रजतसहित प्रथम भयो । न्यु मिलिनियम एकेडेमी २ स्वर्णसहित द्वितीय र शिवशक्ति मावि १ स्वर्ण, १ रजत र ३ कास्यसहित तृतीये भए । उसुतर्फ कालिका २ स्वर्ण सहित पहिलो भयो । थ्रिएन्जल्स र ग्लोबल कलिजियट समान एक÷एक स्वर्णका साथ क्रमशः द्वितीय र तृतीये स्थानमा रह्यो । उसुमा समान पदक भएपछि अंकका आधारमा द्वितीय र तृतीये स्थान छुट्याइएको हो ।
तेक्वान्दोमा ४ स्वर्ण र १ रजत सहित शहिद स्मृति विद्यालय च्याम्यिन बन्यो । १ स्वर्ण, १ रजत र १ कास्यसहित सैनिक द्वितीय र १ स्वर्णसहित अमरसिंह मावि तृतीय भए । भलिबलको छात्रातर्फ युनिभर्स प्रथम, राष्ट्रिय मावि द्वितीय र स्पाइरल ग्यालेक्सी तृतीय भए । छात्रातर्फ शान्ता मावि प्रथम, जनप्रिय मावि द्वितीय र कन्या मावि तृतीय भए । कबड्डी छात्रातर्फ बेथानी प्रथम, कालिका द्वितीय र भवानी मावि तृतीय भएको खेलकुद विकास समितिले जनाएको छ । छात्रातर्फ गौरीशंकर प्रथम, शहिद स्मृति द्वितीय र रामेश्वरी मावि तृतीय भए । प्रतियोगितामा ३० वटा विद्यालयका १ हजार ६ सयभन्दा बढी खेलाडी सहभागी थिए ।
पुरस्कार वितरणपछि बोल्दै महानगर प्रमुख धनराज आचार्यले विद्यालयस्तरमै खेलकुद विकास गर्न नसके खेलकुद क्षेत्र अघि बढ्न नसक्ने बताए । महानगरपालिकाले गर्ने खेलकुद प्रतियोगिताको वार्षिक क्यालेन्डर बनाउने उनले बताए । ‘वर्षभर हुने खेलकुदको हामी क्यालेन्डर बनाउँछौं । त्यसले परिक्षामा पनि असर पर्दैन । कुन खेल कहिले हुन्छ भन्ने थाहा पाएर तयारी गर्न पनि सजिलो हुन्छ,’ मेयर आचार्यले भने । खेलकुद विकास समिति अध्यक्ष दीपक गोदारले खेलकुदलाई व्यावसायिक बनाउन विद्यालय तहमै विद्यार्थीलाई उत्प्रेरित गर्न महानगर सक्रिय रहेको बताए ।


पोखरा-कास्की जिल्ला फुटबल संघले फिफा फुटबल फर दि स्कुल कार्यक्रम अन्तर्गत शनिबार दोस्रो चरणमा १७ विद्यालयलाई बल हस्तान्तरण गरेको छ । कास्की जिल्ला फुटबल संघको परिसरमा विभिन्न सरकारी १७ विद्यालयलाई तीन तीन वटा बल हस्तान्तरण गरिएको थियो ।…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…