जेठ १ गतेदेखि पोखरामा क्लबस्तरीय टी—२० क्रिकेट

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     वैशाख २७ गते २०८० मा प्रकाशित


पीच मर्मत गरिदैै । तस्बिर प्रदीप राउतको फेसबुक पेजबाट ।

पोखरा-आगामी जेठन १ गतेदेखि पोखरा रंगशाला क्रिकेट मैदानमा लुम्बिनी विकास बैंक अरण्यज्योति क्रिकेट कप २०८० शुरु हुदैं छ । लुम्बिनी विकास बैंकको मुख्य प्रायोजनमा क्लबस्तरीय टी—२० क्रिकेट प्रतियोगिता शुरु हुने छ ।

पोखरामा क्लबस्तरीय क्रिकेट प्रतियोगिता आयोजना नभईरहेको अवस्था अरण्यज्योति क्रिकेट क्लबले प्रतियोगिता गर्ने जमर्को गरेको हो । क्लबको जमर्कोलाई लुम्बिनी विकास बैंकले सहकार्य गरेको हो । प्रतियोगितालाई बैंकसँगै अन्नपूर्ण केवलकार प्रालि र कास्की जिल्ला क्रिकेट संघले प्राविधिक सहयोग गरेको छ । बन्जी सोसाईटीले समेत प्रतियोगितामा सहयोगी भूमिका खेलेको छ ।

प्रतियोगितामा ८ टोलीका सहभागिता रहेको बुधबार आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष कमल थापाले जानकारी दिए । लुम्बिनी विकास बैक अरण्यज्योति क्रिकेट क्लब पोखरा, माछापुच्छ«े क्रिकेट क्लब पोखरा, सांग्रिला क्रिकेट क्लब पोखरा, राईजिङ क्रिकेट क्लब पोखरा, क्रिकेट एक्सिलेन्स सेन्टर काठमाडौं, किङ्स क्रिकेट क्लब काठमाडौं, पेलिकन्स क्रिकेट क्लब तनहँु र बाग्लुङ त्रिकेट क्लब बाग्लुङको सहभागिता रहेको क्लबका सचिव विधान श्रेष्ठले बताए ।

प्रतियोगितामा विजेता क्लबले ८० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्ने छ । उपविजेता क्लबले नगद ४० हजार रुपैयाँ प्राप्त गर्ने छ । उत्कृष्ट खेलाडीले नगद ५ हजार, उत्कृष्ट व्याटरले २ हजार ५ सय, उत्कृष्ट बलरले पनि २ हजार ५ सय रुपैयाँ प्राप्त गर्ने क्लबले जनाएको छ । प्लयेर अफ दि म्याचाई समेत आकर्षक पुरस्कार प्रदान गरिने क्लबले जनाएको छ ।

प्रतियोगितालाई बैंकले आगामी वर्षमा पनि सहयोग गर्ने उल्लेख गरेको छ । लुम्बिनी विकास बैंक लामाचौर शाखाका म्यानेजर नविन तझ्याले बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत नै खेलकुदको लागि क्लबसँग सहकार्य गरिएको उल्लेख गरे । उनले क्लबसँग आगामी वर्षपनि सहकार्य गर्ने तर्फ तत्पर रहेको बताए । खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीनानाथ बरालले खेलकुद प्रतियोगितामा कर्पोरेट हाउसहरुको सहकार्यको खाँचो औंल्याएका थिए । आगामी जेठ ८ गतेसम्म सञ्चालन हुने प्रतियोगिता लिगकम नकाउटमा खेलाउने क्लबले जनाएको छ ।