
पोखरा-झरीले ढिलो गरी शुरुभएको पोखरा महानगर वडास्तरीय फुटबल प्रतियोगिताको उपाधि पोखरा महानगर वडा नं १४ ले जितेको छ । बिहीबार पोखरा रंगशालामा भएको फाईनल खेलमा एकपक्षीय देखिएको खेलमा पोखरा वडा नं १५ माथि ४—० को फराकिलो गोल अन्तरले पन्छाउँदै वडा नं १४ च्याम्पियन बन्यो ।
पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा कास्की जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा भएको खेलमा वडा नं १४ ले पहिलो हाफमा दुई र दोस्रो हाफमा दुई गोल गर्दै एकपक्षीय नजिता निकाल्दै च्याम्पियन बन्न सफल भयो । व्यक्तिगत विधामा समेत वडा नं १४ ले बर्चस्व राख्यो ।

फाईनल खेलमा आशिष कार्की, सिद्धान्त गुरूङ, प्रताप गुरूङ र यामबहादुर श्रेष्ठले गोल गर्दै वडा नं १४ लाई उपाधि दिलाए । यामबहादुर फाइनल खेलको म्यान अफ द म्याच घोषित भए । विजेता वडा नम्बर १४ को टिमले एक लाख ५० हजार रूपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । उपविजेता वडा नम्बर १५ को टिमले एक लाख रूपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । वडा नम्बर १४ का आशिष कार्की प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी बने । उनले १५ हजार रूपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाए ।
वडा नम्बर १४ कै रामचन्द्र नेपाली उत्कृष्ट गोलरक्षक, निश्चल तुलाचन उत्कृष्ट डिफेन्डर, यामबहादुर श्रेष्ठ उत्कृष्ट मिडफिल्डर र ज्ञानेन्द्र भण्डारी उत्कृष्ट प्रशिक्षक घोषित भए । वडा नम्बर १५ का विशाल गुरूङ उत्कृष्ट फरवार्ड बने । उत्कृष्ट खेलाडी र प्रशिक्षकले ५÷५ हजार रूपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाए ।
पुरस्कार वितरणपछि बोल्दै महानगरपालिका प्रमुख धनराज आचार्यले खेलकुद क्षेत्रको विकास र खेलाडी उत्पादनमा महत्वपूर्ण हुने बताए । तल्लो तहमा हुने प्रतियोगितालाई महानगरपालिकाले विशेष प्राथमिकता दिने उनको भनाइ थियो । प्रतियोगितामा पोखरा महानगरपालिकाका ३३ मध्ये ३० वडाको सहभागिता रहेको थियो । थियो ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…