
पोखरा-स्क्वास खेलाडी सुजन आचार्य र दिपकबहादुर गोदार दोस्रो महानगर कप खुल्ला स्क्वास प्रतियोगितामा सेमिफाईनलमा भिड्ने छन् । शुक्रबार भएको प्रतिस्पर्धामा आचार्यले नवराज श्रेष्ठ ११- ६, ८-११ र अन्तिम सेट ११-७ मा पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेका हुन् ।
पोखरा महानगर खेलकुद विकास समितिको आयोजनामा सञ्चालित प्रतियोगितामा शुक्रबार संघको एरिनामा भएको प्रतिस्पर्धामा दिपकबहादुर गोदारले राजु श्रेष्ठलाई ११-६, ११-९ को सेटमा पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेका हुन् । प्रतियोगितामा २४ जना खेलाडीको सहभागिता रहेको छ । तीनवटा इभेण्टमा प्रतिस्पर्धा गरिएको छ । खुल्ला, नवआगन्तुक र भेट्रान्स गरी तीन इभेण्टमा २४ खेलाडीले सहभागिता जनाएका छन् ।
खुल्ला तर्फको विजेताले १० हजार रुपैयाँ प्राप्त गर्ने छन् । उपविजेताले ५ हजार पाउने छन् भने तृतीय हुने दुई जनाले तीन तीन हजार रुपैयाँ प्राँप्त गर्ने छन् । प्रतियोगिताको उदघाटन गण्डकी प्रदेशका पूर्व अर्थमन्त्री किरण गुरुङले गरेका थिए । पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दिपक गोदार, स्क्वास र्याकेट संघ कास्कीका अध्यक्ष हिराकाजी श्रेष्ठ लगायतले सम्बोधन गरेका थिए ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-गण्डकी प्रदेशका भरपर्दा व्याटर अर्जुन कुमाल नेदरल्याण्डमा हुने आईसिसी मेन्स क्रिकेट वल्र्डकप लिग २ र युके प्रिपेरेशन टुरको लागि राष्ट्रिय क्रिकेट टोलीमा छनोट भएका छन् । उनी अहिले महानगर टी २० क्रिकेट प्रतियोगिता खेलिरहेका छन् । उनले बीरगन्ज…