
पोखरा-जेठको अन्तिम साता लेखनाथमा ‘लेखनाथ हाफ म्याराथन’ प्रतियोगिता हुने भएको छ । पोखरा महानगर खेलकुद विकास समितिको आयोजना तथा एथलेटिक्स संघ कास्कीको प्राविधिक सहयोगमा जेठ २७ गते शनिबार पुरुष खुल्ला हाफ म्याराथन आयोजना गरिएको समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए ।

हाफ म्याराथनसँगै महिला तथा पुरुष १० किलोमिटर दौड हुने छ । पोखरा महानगर खेलकुद विकास समितिले विद्यालयलाई समेट्न छात्रा तथा छात्र दौड समेत समावेश गरिएको सदस्य सचिवले सुनाए । ‘हाफ म्याराथनको लागि विभागीय क्लबसँगै विभिन्न संघसंस्थालाई पत्रचार गरिसकिएको छ ।’ उनको भनाई थियो । लेखनाथलाई खेलकुदको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित समितिले पहिलो पटक म्याराथन आयोजनाको तयारीमा जुटेको हो । म्याराथनको लागि स्थानीय वडाहरुसँग समेत छलफल गरी म्याराथन आयोजना गर्ने निर्णय गरिएको हो ।
हाफ म्याराथन विजेताले नगद ३० हजार रुपैयाँ प्राप्त गर्ने छन् । उपविजेताले नगद २० हजार र तेस्रो स्थानमा रहने धावकले नगद १० हजार रुपैयाँ प्राप्त गर्ने छन् । हाफ म्याराथन पोखरा च्याम्पियनले पनि नगद पुरस्कार प्राप्त गर्ने सदस्य सचिव खड्काले जानकारी दिए । उनका अनुसार पोखरा च्याम्पियनले नगद १० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

महिला तथा पुरुष खुल्ला दशकिलोमिटर दौडका धावकले नगद ३० हजार, उपविजेताले २० हजार र तेस्रोस्थानमा रहने धावकलाई नगद १० हजार रुपैयाँ प्रदान गरिने छ । पाँच किलोमिटर विद्यालयस्तरीय छात्रा तथा छात्र दौडका विजेताले १५, १० र ५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । पोखरा महानगर खेलकुद विकास समितिले पहिलो पटक आयोजित लेखनाथ हाफ म्याराथनको आवश्यक तयारी गरिएको छ ।
दौड लेखनाथ रंगशालाबाट शुरु खल्याँड लेखनाथ साना तथा शहरी खानेपानी, बेगनासताल, पार्किङबाट ड्यामहुदै बेगनास बसपार्क, शिशुवा, कविशिरोमणि गेटहुदै कालीगण्डकी चोक पुग्ने छ । त्यसपछि खास्टेताल चोक, बुढीबजार सिमलमार्ग लक्ष्मीमावि हुदैं लेखनाथ चोक, डाडाँनाकबाट तालचोक, शिशुवा, नौविसे आदर्शचोक निस्केर भण्डारढीकस्थित लेखनाथ रंगशालामा पुगेर दौड टुंगिने छ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…