
एजेन्सी—पेरिस सेन्ट जर्मेनलाई उसैको घरेलु मैदानमा पराजित गर्दै रियल मड्रिडले च्याम्पियन्स लिगको अन्तिम आठमा आफनो स्थान सुरक्षित गरेको छ । आफना महंगा स्ट्राइकर नेयमारको अनुपस्थिति र आधा घण्टा बढी दशजना खेलाडीमा सीमित पिएसजीलाई दोस्रो लेगमा २—१ गोलले पराजित गर्दै समग्रमा ५—२ ले जित्दै च्याम्पियन्स लिगको क्र्वाटरफाईनल निश्चित गर्यो ।
क्रिष्टियानो रोनाल्डोको गोलबाट लिएको अग्रता रियल मड्रिडले ८० औं मिनेटमा कासिमिरोले गरेको गोल निर्णायक बन्यो । ५१ औं मिनेटमा लुकास भाज्क्वेजले दिएको क्रसमा रोनाल्डोले हेडिङ गर्दै रियललाई अग्रता दिलाए । ६६ औं मिनेटमा दश खेलाडीमा सीमित हुन पुग्यो पिएसजी । मार्को भेराट्टीले दोस्रो पहेलो कार्ड खाँदै मैदान छाडेपछि दश जनामा खेलेको पिएसजीले भने ७१ औं मिनेटमा बराबरी गोल गर्दै दर्शकको हौसला आत्मसात गर्यो ।
एडिसन काभानीले पोष्ट नजिकै पाएको बललाई पोष्टको दिशा दिएपछि पाहुना टोली रियलसँग बराबरी गर्दै आशा जाग्यो । खेलाडी अभावलाई टार्दै गोल गरेपनि अन्तिम समयसम्म भने अभाव भने खड्कियो । रोनाल्डोले दिएको पासमा कासिमिरोले गोल गर्दै रियलको जित सुनिश्चित गरे । जितसँगै २० वर्षपछि फ्रान्स फर्किएका रियलका प्रशिक्षक जिनेदिन जिदानको यात्रा पनि सुखद रह्यो । रियलले ८६, ८७ र ९० औं मिनेटमा पाएको अवसरलाई गुमाउँदा गोल अन्तर बढ्ने सम्भावना न्युन हुन पुग्यो । दुई अवसर रोनाल्डोले मिलाएका थिए । तर लुकास भाज्क्वेज र ईश्कोले हानेको प्रहार खेर गएको थियो ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…