साफ च्याम्पियसिपको लागि यु–१९ छनोट शुरु

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     श्रावण ११ गते २०८० मा प्रकाशित


पोखरा-कास्की जिल्ला फुटबल संघले यु–१९ छनोट प्रक्रिया शुरु गरेको छ । अखिल नेपाल फुटबल संघको निर्देशन अनुसार कास्कीले विहीबारदेखि यु–१९ खेलाडी छनोट प्रक्रिया शुरु गरेको हो ।

संघले केहीदिन अघि मात्रै यु–१६ को छनोट प्रक्रिया टुग्याईसकेको छ । संघले यु–१६को २२ जना खेलाडी छनोट गरेर प्रदेश छनोटमा पठाएको थियो । बिहीबारदेखि शुरु भएको छनोट प्रक्रियामा १ सय ५० भन्दा बढी खेलाडीहरु सहभागिता रहेको कास्की जिल्ला फुटबल संघका उपाध्यक्ष एवं छनोट संयोजक विष्णु गुरुङले जानकारी दिए ।

उनले बिहीबार र शुक्रबार दुईदिन छनोट प्रतियोगिता मार्फत खेलाडी छनोट गरिने बताए । संघमा आवद्ध प्रशिक्षक राजेन्द्र तामाङको मुख्य प्रशिक्षकत्वमा छनोट गरिने छ । छनोट प्रतियोगितामा अमन गुरुङ, शम्भु केसी, नरेश केसी, दिपेन्द्र तामाङ लगायतले छनोट गरेर अन्तिम नामावली प्रकाशन गरिने कास्की जिल्ला फुटबल संघका अध्यक्ष उज्वल रन्जितले बताए ।

अखिल नेपाल फुटबल संघले साफ यु–१९ च्याम्पियनसिप २०२३ को लागि ४८ वटै जिल्लाबाट छनोट प्रतियोगिता शुरु गरिएको छ । जिल्ला छनोटपछि प्रदेश छनोट हुदैं केन्द्रीय छनोट गरिने छ । केन्द्रीय छनोटपछि साफ यु–१९ च्याम्पियनसिपको लागि खेलाडीलाई बन्द प्रशिक्षणमा राखिने छ ।