
पोखरा-कास्की जिल्ला फुटबल संघले यु -१९ का ६४ जना खेलाडी छनोट गरेको छ । छनोट भएका खेलाडीले अब प्रदेश छनोटमा सहभागि हुने छन् ।
गएको विहीबार र शुक्रबार दुईदिन गरी खेलाडी छनोट गरेको हो । संयोजक विष्णुप्रसाद गुरुङका अनुसार झण्डै दुईसय खेलाडीबाट ६४ जना छनोट गरिएको हो । मुख्य प्रशिक्षकमा राजेन्द्र तामाङ, प्रशिक्षकहरुमा शम्भु केसी, दिपेन्द्र तामाङ, अमन गुरुङ तथा नरेस केसी रहेका थिए । कास्की जिल्ला फुटबल संघले एकसाता अघि मात्रै यु-१६ का खेलाडी छनोट गरेको कास्की जिल्ला फुटबल संघका अध्यक्ष उज्वल रन्जितले जानकारी दिए ।
खेलाडीहरुको नामावालीसहित



कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…