
गल्फर भुवन नगरकोटी। file pic
पोखरा(खेलाडी न्युज)—त्रिभुवन आर्मी क्लबका गल्फर जयराम श्रेष्ठले पोखरास्थित हिमालय गल्फ कोर्षमा बुधबारदेखि शुरु भएको सुर्य नेपाद वेष्टर्न ओपनको पहिलो दिन अग्रता लिएका छन् । १८ होलको समाप्तीमा उनले आज १ अण्डर ७१ को कार्ड बनाउँदै सबैलाई पछि पारे । पोखराका गल्फर भुवन गुरुङ र आर्मीकै धन थापाले समान २—२ ओभर खेल्दै ७२ को कार्ड बनाए ।
सुर्य शर्मा भने १८ औं सस्करणको वेष्टर्न ओपनको पहिलो दिन तीन ओभर खेल्न पुगे । उनले ७३ को कार्ड बनाउँदै पहिलो दिन १८ होलको समाप्ती गर्दा पोखराका सन्जीव सिके र उमेश नगरकोटीले टाई खेले । उनीहरु दुवैले ४ ओभर ७४ को स्कोरमा दोस्रो दिनको खेल शुरु गर्ने छन् । कमल तामाङले गत वर्षका रेकर्ड धारी च्याम्पियन शिवराम श्रेष्ठसँग समान ५ ओभर ७५ मा पहिलो दिनको खेल टुग्याए । पुर्व विजेता समेत रहेको रवि खड्काले भने ६ ओभर ७६ खेल्दै उपाधि दौडमा पछि पछि आएका छन् ।
एमेच्योर तर्फ भने पोखराका अजित विकले १ ओभर ७१ खेल्दै पहिलो दिन शीर्षस्थान रहदै टुग्याएका थिए । पोखराको छिनेडाडाँस्थित हिमालयन गल्फकोर्षमा २६ व्यवसायिक(प्रो)गल्फरको प्रतिस्पर्धा छ । प्रतियोगितामा १८ जना एमेच्योरले सहभागिता जनाएको हिमालयन गल्फ कोर्षका व्यवस्थापक भुवन गुरुङले जानकारी दिए । प्रतिस्पर्धामा पोखराका तीन व्यवसायिक र पाँच एमेच्योर गल्फरले प्रतिस्पर्धा गरेका छन् । प्रो तर्फ भुवन गुरुङ, कमल तामाङ, सन्जीव नेपालीको सहभागिता रहेको छ ।
गोकर्ण गल्फ काठमाडौं,, त्रिभवन आर्मी गल्फ काठमाडौं, निर्वाणा गल्फ कोर्ष धरान, रोयल नेपाल गल्फकोर्ष काठमाडौं र हिमालयन गल्फ कोर्ष पोखराका गल्फरले प्रतिस्पर्धा गरिरहेका छन् । सन १९९९ बाट शुरु भएको प्रतियोगिताको १८ औं सस्करणमा पुर्व विजेताहरुले उपाधि रक्षाको लागि प्रतिस्पर्धामा उत्रिएका छन् । शनिबार प्रो—एमको प्रतिस्पर्धा हुने छ । साढे ६ लाख पुरस्कार राशी रहेको सुर्य नेपाल वेष्टर्न ओपन विजेताले १ लाख १५ हजार नगदसहित ट्रफी पाउने छ । दोस्रो हुनेले ८५ हजार रुपैयाँ पाउने छ । २१ औं स्थानसम्म आउने गल्फरले नगद पुरस्कारको हकदार बन्ने छन् ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…