
काठमाडौं- मित्र राष्ट्र चीनको हाङ्गझाउ सहरमा आयोजना भएको १९ औं एशियाली खेलकुदमा पदक प्राप्त गर्न सफल खेलाडी, प्रशिक्षक तथा अफिसियलहरुलाई आज मंगलबार अन्तर्राष्ट्रिय विमानस्थलमा भब्य स्वागत गरिएको छ ।
विजयी कराते र कबड्डी नेपाली टोलीलाई स्वागत गर्न विमानस्थलमा नेकपा माओवादीका नेता, नेपाली काँग्रेसका नेतो, नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवन राम श्रेष्ठ, महासचिव निलेन्द्र राज श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्य सचिव प्रकाश कुसारी, राखेपका प्रशासन विभागका प्रमुख प्रेम मल्ल, नेपाल कराते महासंघका अध्यक्ष एवं राखेपका पूर्व सदस्य सचिव युवराज लामा र महासचिव दावा गुरुङ्ग, कर्मचारी संघका अध्यक्ष सरस्वती के।सी।, पूर्व अध्यक्ष रञ्जन थापा लगायको उपस्थिती रहेको थियो ।
एशियाली खेलकुदमा नेपालले सहभागिता जनाएको २९ खेलमा कराते खेलाडी एरिका गुरुङ्गले रजत र कबड्डी टोलीले कास्य पदक प्राप्त गरेको थियो ।खेलाडीहरुलाई विमानस्थलबाट विभिन्न स्थानको परिक्रमा गरि राष्ट्रिय खेलकुद परिषद्मा विशेष कार्यक्रमका विच स्वागत र सम्मान गर्ने कार्यक्रम रहेकोमा नेपाल सरकारले शोक दिवस घोषणा गरेका कारण औपचारिक कार्यक्रम स्थगन भएको थियो ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…