
पोखरा(खेलाडी न्युज)—स्कटल्याण्ड विरुद्ध कप्तान पारस खड्काले निकै धैर्यताले व्याटिङ गर्दै अर्धशतक पुरा गरेका छन् । सोमपाल कामीसँग उनले छैटौं विकेटको लागि ४२ रनको साझेदारी गरेका थिए । उनको विश्वकप छनोटमा पहिलो अर्धशतक पनि हो । उनले ६८ बल खेल्दै आठ चौका हान्दै आफनो अर्धशतक पुरा गरे । जिम्बावेसितको उदघाटन खेलमा खड्काले ४० रन बनाएका थिए ।
नेपालले ९ ओभरमा पाँच विकेट गुमाईपछि निकै दबावमा थियो । ज्ञानेन्द्र मल्ल एक रनमा र दिलिप नाथलाई चार रनमै गुमाउन पुग्यो । दिपेन्द्रसिंह ऐरीलाई पनि नेपाललाई सस्तैमा गुमाएको छ । शरद भेषवाकरलाई पनि नेपालले शून्यमै पवेलियनको बाटो लिए । अरिफ शेखलाई पनि नेपालले सस्तैमा गुमाईसकेको छ । नेपाली व्याट्सम्यानलाई निकै हतार भईरहेको जस्तो देखिएको छ । धैर्यताको खाँचो छ । अहिले सोमपाल कामीले पारस खड्कासँग ४२ रनको साझेदारी गरे । सोमपाल भने १८ रन बनाई पारस खड्कालाई साथ दिईरहँदा रन आउटको शिकार भए । क्रिजमा रोहित पौडेल छन् ।
आजको खेलले नेपालको सुपर सिक्सको सम्भावनालाई निर्धारण गर्ने छ । किनकि दुई खेल अफगानिस्तान पराजित भईसकेको अवस्थाले पनि नेपालको खेल निकै महत्वपूर्ण मानिएको छ । स्कटल्याण्ड पनि विश्वकपको अनुभवी टोली हो । स्कटल्याण्डले सन १९९९ मा वल्र्डकप खेलेको छ । पाँच पटक विश्वकप छनोटमा सहभागिता जनाई सन २००५ र २०१४ मा छनोट च्याम्पियन समेत भईसकेको छ । १९९४ मा आईसिसीको स्कटल्याण्डलाई एकदिवसीय बरियता र टी —२० को स्टाटस पाएको थियो । ७ मे १८४९ मा इग्ल्याण्ड ११ सँग पहिलो अन्तराष्ट्रिय खेल समेत खेलेको थियो ।
सन २०१५ मा आईसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपाल स्कटल्याण्डसँग ३ रनले नमिठो पराजय व्यहोरेको इतिहास छ । त्यो इतिहासलाई भोलि नेपाली खेलाडीले उल्ट्याउने आशा र विश्वास धेरै क्रिकेट प्रेमीले लिएका छन् ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…