
पोखरा- मधेश प्रदेशले सुदुर पश्चिम प्रदेश माथि ८ विकेटको जित निकालेको छ । सोमबार पोखरा रंगशाला क्रिकेट मैदानमा भएको प्रतिस्पर्धामा सुदुर पश्चिमले दिएको ५८ रनको लक्ष्यलाई मधेशले २ विकेट गुमाउँदै ९२ बल बाँकी रहँदै पुरा गर्यो ।
मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा सञ्चालित केपी ओली कप टी–२० क्रिकेट प्रतियोगितामा टस जितेको सुदुर पश्चिमले १५.५ ओभर खेल्दै ५८ रनमा सबै विकेट गुमायो । ओपनर अभिषेक पाल रुपेश सिंहको बलमा डकआउट भए । त्यस्तै गजेन्द्र बोहोरा पनि ४ रनमै आउट भए । कप्तान राजु रिजालको पनि व्याट चलेन् । उनी पनि २ रनमा आउट भए । चौथो नम्बरमा आएका खडक बोहोरा ९ बलको समना गर्दै एक रनमा पभेलियन फर्किए । बसन्त कार्की ४ रनमै आउट भए ।
छजना व्याटरको दोहोरो अंकको रन बनाउनबाट चुकेको सुदुरलाई किरण ठगुन्नाले १० रन बनाउँदै क्रिजमा टिक्ने सम्भावना देखाए । तर उनी पनि अनिल साहको बलमा आउट भएपछि सुदुर पश्चिमको नियत उस्तै रह्यो । बसन्त खत्री १ रनमा र नारायण जोशी ३ रनमा फर्किए । नरेश साउदले १८ रनको योगदान दिदाँ भोजराज भाट भने १० रनमै आउट भए । मधेश प्रदेशको बलिङ सामु सुदुरको व्याटर खासै चल्नै सकेनन् । मधेशका हरिशंकर साहले ४, रुपेश सिंहले तीन विकेट लिए ।
हरिंशकर साहलाई शून्यमै आउट भएपछि दबावमा परेको मधेशलाई अनिल साहले जितको आधार तयार पारिदिए । ५९ रनको लक्ष्य पछ्याउने क्रममा साह तीन बल खेल्दै खाता नै नखोली गजेन्द्र बोहोराको बलमा बोल्ड भए । अनिल साहले ११ बल खेल्दै ३ चौका र २ छक्का हिर्काउँदै २५ रन बनााए । उनी पनि बोहोराकै बलमा आउट भए । इमरान शेख र पवन सरार्फले २७ रनको साझेदारी गर्दै जित सुनिश्चित गरे । दुवै नटआउट रहने क्रममा शेखले १७ र सर्राफले १४ रन बनाए । शेखले ९ बलमा २ चौका र १ छक्का हिकाए भने सर्राफले ५ बल खेल्ने क्रममा दुई चौका र एक छक्का बोर्डमा चढाए । हरिशंकर साह खेलमा प्लेयर अफ दि म्याच घोषित भए ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…