
पोखरा-छैटौं नम्बरमा आएका किरण ठगुन्नाले अविजित अर्धशतकीय पारी खेलेपछि सुदुरपश्चिमले राष्ट्रिय खेलाडीले भरिएको नेपाल पुलिस क्लबलाई ४ विकेटले पराजित गरेको छ । १५९ रनको लक्ष्यलाई पोखरा रंगशाला त्रिकेट मैदानमा मंगलबार सुदुरले १८.४ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पुरा गर्यो । यद्यपी मधेश प्रदेश केपी प्रदेश टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाईनल प्रवेश गरेको छ । मधेशले सुदुरलाई ८ विकेटले पराजित गरेको थियो । नेपाल पुलिस क्लबले मधेशलाई ५७ रनले पराजित गरेको थियो । नेट रनरेटको आधारमा मधेश प्रदेश सेमिफाईनल पुग्ने भाग्यमानी टोली बन्यो ।
छैटौं र सातौं नम्बरमा आएका किरण ठगुन्ना र नरेन साउदले उत्कृष्ट पारी खेल्ने क्रममा छैटौ विकेटको लागि ९३ रनको साझेदारी गर्दै जितको सम्भावना देखाए । नरेन रसिद खानको बलमा आरिफ शेखको हातबाट क्याच हुदाँ ३९ रनमा खेलिरहेका थिए । उनले ३० बल खेल्दै ५ चौका र १ छक्का हिर्काए । ठगुन्नाले अविजिति ५१ रनको इनिङमा सुदुर पश्चिमले नेपाल पुलिस क्लबमाथि ४ विकेटको इज्जतिलो जित आत्मसात गर्यो । ३४ बल खेल्दै चार चौका र दुई छक्का हिर्काए । ठगुन्नालाई नारायण जोशीले १७ रनमा साथ दिएका थिए । उनी पनि नटआउट रहने क्रममा ७ बल खेल्दै १७ रन बनाए । दुई चौका र १ छक्का हिर्काए । १८.४ ओभरमा करण केसीको बलमा छक्का प्रहार गर्दै जोशीले जितको खुशी मनाए ।
केपी ओली टी–२० क्रिकेट प्रतियोगितामा मंगलबार १५९ रनको लक्ष्य पछ्याउने क्रममा सुदुर पश्चिमको शीर्ष व्याटर भने सस्तैमा आउट भए । स्पीनर रसिद खानको बलमा व्याटर घुम्दा सस्तैमा आउट भए । ओपनर गजेन्द्र बोहोरा खानको बलमा दुई बलको सामना गरेसँगै शून्यमा आउट भए । त्यसपछि राजु रिजाल १६ बल खेल्दै खानकै बलमा अर्जुन साउदको हातबाट क्याच हुदाँ व्यक्तिग १९ रन स्कोरमा थियो । ४ चौका हिर्काइसकेका थिए । आयुव चन्द सुनिल धमलाको बलमा ५ रनमा आउट भएपछि सुदुरपश्चिमको माथिल्लो अर्डर सस्तैमा प्लयेर बक्समा फर्किएको थियो । बसन्त कार्की सागर ढकालको बलमा रसिद खानको हातबाट समातिए । उनले १५ रन बनाए । १४ बलमा २ छक्का हिर्काए ।
टस जितेर व्याटिङ रोजेको नेपाल पुलिस क्लबले कुशल भुर्तेलको अर्धशतीय पारीमा १५८ रनको योगफल तयार पार्यो । भुर्तेलको ५१ बलमा ५ चौका र ५ छक्काको मद्दतमा ६७ रनको योगदान गरे । उनको अर्धशतीय पारीमा नेपाल पुलिस क्लबले ४ विकेटको क्षतिमा १५८ रनको स्कोर तयार पारेको थियो । ओपनर सुनिल धमलाले ४० बलमा ४२ रन हिर्काए । उनको इनिङमा दुईचौका र दुई छक्का सामेल थियो । एक पछि अर्को क्याच फुत्काएपछि सुदुर पश्चिमले विशाल योगफलको सामना गर्नुपर्यो । बसन्त खत्रीको बलमा आउट भएका थिए । पहिलो विकेटको लागि भुर्तेल र धमलाले १०४ रनको शतकीय साझेदारी गरेका थिए । भुर्तेलले ३८ बलमा अर्धशतक पुरा गरेका थिए ।
धमला व्यक्तिगत ४२ रनमा पभेलियन फर्किए । विकास आग्रीको बलमा नरेश साउदको हातबाट क्याच भए । अर्जुन साउद पनि व्यक्तिगत २० रनमा आउट हुन पुगे । उनले दुईछक्का हाने । करण केसीले केवल तीन बल खेल्दै ७ रन बनाउने क्रममा एक छक्का हिर्काउँदै नटआउट रहे । विकास आग्रीले दुई विकेट लिए । ठगुन्ना प्लेयर अफ दि म्याच घोषित भए ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…