
पोखरा-पोखरा ट्रेल रेस सिरिजका विजेता धावकहरु यतिबेला थाईल्याण्डमा आयोजना हुने युटिएमबी विश्व सिरिजमा प्रतिस्पर्धा गर्दै छन् । दुई खेलाडी तथा दुई सहयोगी गरी चारजना खेलाडी दुईदिन अघि मात्रै थाइल्याण्ड पुगेका हुन् ।

थाईल्याण्डमा हुने ट्रेल रेस अन्तर्गत विश्व सिरिजमा प्रिया राई र वेद सुनुवाले प्रतिस्पर्धा गर्ने छन् । उनीहरुको सहयोगीको रुपमा आलोक खड्का, युगेश पौडेल रहेका छन् । प्रियाले ५० किलोमिटरको रेसमा सहभागिता जनाउने छिन् भने सुनुवारले १०० किलोमिटरको दुरीमा प्रतिस्पर्धा गर्ने पोखरा ट्रेल रेस सिरिजका संस्थापक अध्यक्ष विकास गुरुङले जानकारी दिए ।

केही दिन अघि मात्रै नेपाली धाविका सुनमाया बुढाले हङकङमा आयोजित एशियन स्काई रनिङ च्याम्पमा उपाधि जित्दै इतिहास लेखेकी थिईन् । पछिल्लो समय विदेशमा आयोजना हुने ट्रेल रेस, अल्ट्रा रेस लगागतका प्रतिस्पर्धामा नेपालका धावक तथा धाविकाले आफनो दरिलो उपस्थिति जनाईसकेका छन् ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…