
पोखरा-पोखरा महानगर भलिबल संघद्वारा आयोजित ‘पोखरा कप अन्तर क्लबस्तरीय भलिबल’ प्रतियोगिताको उपाधि पर्वत भलिबल क्लबले जितेको छ । सडक महोत्सवको अवसरमा पोखराको बसुन्धरा पार्कस्थित भलिबल कोर्टमा भएको प्रतिस्पर्धा टफ गोर्खा टिमलाई पराजित गर्दै उपाधि उचाल्यो । पर्वतले २५–१६, २५–२१ र २५–२३ को सोझो सेटमा पराजित गरेको थियो ।
विजेता पर्वत भलिबल क्लबले एक लाख ११ हजार एक सय ११ नगदसहित ट्रफी प्राप्त गर्यो । उपविजेता टफ गोर्खा ट्रेनिङ सेन्टरको टिमलाई ७७ हजार सात सय ७७ रुपैया नगद पुरस्कार प्राप्त गर्यो । प्रतियोगिताको फाईनलमा पूर्व राष्ट्रिय भलिबल खेलाडी बलराम क्षत्रीलाई सम्मान गरियो । क्षत्रीलाई सम्मानपत्रबाट सम्मानित गरिएको थियो ।
प्रतियोगितामा उत्कृष्ट खेलाडीमा पवर्तका विष्णु क्षत्री, पर्वतकै भुपेन्द्र गुुरुङ (स्पाईकर), पवर्तकै संगम गुरुङ (डिफेण्डर), टफ गोर्खा टे«निङ सेन्टर कास्कीका विवश पुलामी मगर (ब्लकर) टफ गोर्खाका सन्जोग परियार(सर्भर) र पर्वतका सुवास कुँवर(सेटर) घोषित भए । उत्कृष्ट खेलाडीलाई नगद १० हजार, बेस्ट सेटर, बेस्ट डिफेन्डर, ब्लकर, सर्भरलाई जनही ३÷३ हजार रुपैयाँ प्रदान गरिएको थियो ।
पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दिपकबहादुर गोदारसहित रेवान पोखराका उपाध्यक्ष तथा सडक महोत्सवका कार्यक्रम संयोजक विश्वराज पौडेल, सहसंयोजक बैभव पौडेल लगायतले विजेताहरुलाई पुरस्कार वितरण गरेको थिए । प्रतियोगितामा गलकोट भलिबल क्लब, पोखरा महानगरपालिका निलो, पोखरा महानगरपालिका रातो, पर्वत भलिबल क्लब, बसुन्धरा पार्क क्लब, गुरुकुल विद्यालय, सिद्धार्थ लभडेल स्कुल, टफ गोर्खाको सहभागी रहेको थियो ।
पोखरा महानगरपालिका कार्यालय वडा नं ६ ले प्रायोजन गरेको थियो । कास्की पोखरा समाज जापान, सहप्रायोजकमा सुबिन गुरुङ र सन्दिप गुरुङ रहेका थिए भने प्रबद्र्धकमा पोखरा महानगरपालिका कार्यलय, पोखरा महानगपालिका खेलकुद बिकास समितिको समन्वय र रेबान पोखराको बिशेष सहयोग रहेकोे थियो ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…