
पोखरा-आगामी फागुन पाँच गते पोखरामा आयोजना हुने सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको तयारीमा जुटिरहँदा विदेशी धावकहरुले भने आफनो नाम दर्ता भने गरिसकेका छन् । नेपाल भुतपुर्व खेलाडी मञ्चको आयोजनामा हुने नेपालकै पुरानो म्याराथनमा दौडिनमा १० देशका धावकहरुले आफनो नाम दर्ता गराईसकेका छन् । मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीका अनुसार बंगलादेश, क्यानडा, चीन, जर्मनी, भारत, जापान, साउदी अरेविया, ताईवान र बेलायतका धावकहरुले नाम दर्ता गरिसकेका छन् ।
मञ्चले १८ औं संस्करणमा आईपुग्दा नयाँ रुट कायम गरेको छ । मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले यो संस्करणको प्रतियोगितालाई सुरक्षित र पर्यटन प्रबद्र्धन गर्नका लागि नयाँ बैकल्पिक रुटमा लैजाने योजना बनिरहेको उनले सुनाए । ‘हिजोका दिनसम्म हामीलाई सडक सुरक्षा निकै चुनौतिको रुपमा रह्यो । आज हामीले त्यहि सडक सुरक्षालाई मध्येनजर गर्दै बैकल्पिक रुटको व्यस्था गर्ने योजनामा छौं’ उनले भने, ‘सिटी म्याराथनको अवधारणा अनरुप हामीले पोखराको मध्यभाग हुँदै पर्यटकीय क्षेत्र फेवातालतर्फ लैजाने छौं ।’
मञ्चका अध्यक्ष पराजुलीले जिल्ला खेलसंघहरुसँग समन्वयकारी भुमिका खेलिदन परिषदलाई आग्रह गरे । पुर्व खेलाडीहरुको छाता संगठन भएकाले यसमा हरेक खेल संघ जोडिए थप हौसला बढ्ने उनले सुनाए । मञ्चले प्रतियोगिताको लाइभ ब्रोडकास्टका लागि पब्लिक फोरके टेलिभिजनसंग सम्झौता भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीले आवश्यक सहयोग गर्ने भएको छ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…