बाहिरियो गण्डकी प्रदेशको महिला टोली

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ ३ गते २०८० मा प्रकाशित


पोखरा-गण्डकी प्रदेश भलिबल संघ पोखरामा आयोजित चौथो संस्करणको टाईगर कप राष्ट्रिय तथा अन्तराष्ट्रिय आमन्त्रित क्लबस्तरीय भलिबल प्रतियोगितामा सबैभन्दा कमजोर बनेको छ । घरेलु कोर्टमा भएको प्रतिस्पर्धामा कुनैपनि खेल नजित्दै बाहिरिने टोली बनेको छ । प्रदेशले खेलको एक सेट पनि आफनो पक्षमा पार्न सकेन् ।

बुधबार भएको डिफेन्डिङ च्याम्पियन एपिएफसँँग सोझो सेटमा पराजित हुदैं बाहिरिने पहिलो टोली बन्यो । पहिलो सेट २५–१६ ले गुमाएको गण्डकीले दोश्रो सेट २५–०९ र तेश्रो सेट २५–१७ ले गुमाउँदै पराजित भयो । गण्डकीले तीन भारतीय खेलाडीलाई समावेश गरेको थियो । यद्यपी टोलीमा समन्वयको अभाव हुदाँ प्रभावशाली प्रदर्शन गर्नबाट गण्डकी चुक्यो । अर्को बाहिरिने टोलीमा भारतीय हरियाणाको टोली रह्यो ।

चन्द्रगिरी न्यु डायमण्डसँग् २५–१७, २५–१८ र २५–१६ को सेटमा पराजित भएको थियो । हरियाणाको पराजयले त्रिभुवन आर्मी क्लब सेमिफाईनल प्रवेश गरेको छ । अब सेमिफाइनलमा एपिएफ र आर्मी तथा न्यु डायमण्ड र नेपालमा पुलिस क्लब बीच हुनेछ। टाईगर ग्रुप पोखराको आयोजनामा भईरहेको प्रतिस्पर्धाको फाईनल भने आगामी शनिबार हुने छ ।