
पोखरा-१८ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई व्यवस्थित र प्रविधिमैत्री बनाउने उदेश्यमा जुटेको नेपाल भुतपुर्व खेलाडी मञ्चले जनाएको छ । अन्तरक्रियामा सहभागि संस्थाका प्रतिनिधिहरुले सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई भव्य र सभ्य बनाउनका लागि आर्थिक, भौतिक र नैतिक रुपमा साथ र सहयोग गर्ने प्रतिबद्धता गरेका छन् । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले संघमा आबद्ध सदस्य उद्योगी तथा व्यापारिहरुको तर्फबाट गर्न सक्ने सहयोग गर्ने बताए । उनले म्याराथनका लागि आफुहरुसँग समन्वयमा रहन समेत आयोजकलाई अनुरोध गरे ।
नेपात्र पत्रकार महासंघ कास्कीका निवर्तमान अध्यक्ष दिपेन्द्र श्रेष्ठले विदेशी धावकहरुको प्रोफाइल बनाउनका लागि आग्रह गरे । प्रतियोगिता अन्तर्राष्ट्रिय भइरहँदा त्यहाँ आउने धावकहरुले अन्य उपाधि जितेको भए त्यसको प्रोफाइल सार्वजानिक गर्दा थप रोचक हुने बताए । साथै विद्यार्थीहरुलाई दौडने तरिका प्रतियोगिता हुनु अगावै एक पटक विद्यालयहरुमा पुगि सिकाउन समेत सुझाव दिए ।
हिसान गण्डकीका अध्यक्ष रमाकान्त बरालले विद्यार्थीहरुको सहभागिताका लागि आवश्यक जानकारी नपाएको सुनाए । उनले विद्यार्थी सहभागितालाई सहज बनाउनका लागि विद्यालयहरुमा जानकारी गराउने वातावरण मिलाइदिन अनुरोध गरे । कार्यक्रममा संस्थाका विभिन्न प्रतिनिधित्व गरेका व्यक्तिहरुले आफ्नो सुझाव राखेका थिए ।
पोखरा उद्योग वाणिज्य संघको सभाहलमा आयोजना भएको अन्तरक्रियामा नीजि विद्यालयहरुका छाता संगठनहरु हिसान, प्याब्सन, एन– प्याब्सन, पोउवा संघ, गोर्खा समुदाय, वुमन्स क्लब अफ पोखरा, प्रदेश बाल परिषद् गण्डकी, हेराले, शान्तिका लागि दौड (पिस रन) का निर्देशक सलिल विलसन, एसिएन प्यासिडिन्स कोर्डिनेटर हारासिल्ता सुनाओसी, पत्रकार लगायतका संघ संस्थाको सहभागिता रहेको थियो ।


पोखरा-कास्की जिल्ला फुटबल संघले फिफा फुटबल फर दि स्कुल कार्यक्रम अन्तर्गत शनिबार दोस्रो चरणमा १७ विद्यालयलाई बल हस्तान्तरण गरेको छ । कास्की जिल्ला फुटबल संघको परिसरमा विभिन्न सरकारी १७ विद्यालयलाई तीन तीन वटा बल हस्तान्तरण गरिएको थियो ।…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…