
पोखरा(खेलाडी न्युज)—अफगानिस्तान विरुद्ध नेपालले टस जित्दै व्याटिङ शुरु गरेको छ । आजको खेल दुवैको लागि निकै महत्वपूर्ण छ । यद्यपी नेपालले स्पष्ट जित निकाल्दै सुपर सिक्सको सम्भावनालाई बलियो बनाउनुपर्छ ।
नेपालले वान डेमा अफगानिस्तानलाई पराजित गर्न सकेको भने छैन् । तर उनका भरपर्दा व्याट्सम्यान मोहम्मद शहजादलाई आईसिसीले विश्वकप क्रिकेट छनोटको दुई खेलमा प्रतिबन्ध लगाएको छ । जहाँ नेपाली टोलीले फाईदा लिन सक्नुपर्छ ।
आज नेपालले ओपनिङमा परिवर्तन गरेको छ । ज्ञानेन्द्र मल्लको साथमा अनिल साहलाई ओपनरको रुपमा पठाएको छ । आज शरद भेषवाकरलाई बेन्चमा राखिएको छ । भने करण केसीलाई टोलीमा समावेश गरिएको छ । मल्लले चौका प्रहार गर्दै नेपाल पहिलो ओभरको समाप्तीमा ६ रन बनाएको छ ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…