चर्च व्वाईज अन्तिम चारमा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ १६ गते २०८० मा प्रकाशित


पोखरा-समीर तामाङको निर्णायक गोलमा चर्च ब्वाईजले २३ औं आहा रारा पोखरा गोल्डकपको सेमिफाईनल यात्रा तय गर्दा नेपाल पुलिस क्लबको यात्रा भने क्र्वाटरफाईनलमै सीमित भएको छ ।

सहारा क्लबको आयोजनामा मंगलबार भएको प्रतिस्पर्धामा नेपाल पुलिस क्लबलाई पराजित गर्न चर्च ब्वाईजले दोस्रो हाफमा निर्णायक गोल गर्यो । ७२ औं मिनेटमा समीर तामाङले गोल गर्दै दिलाएको अग्रता जितको नजिता पक्का बन्यो । नेपाल पुलिस क्लबका खेलाडीहरु बीच आपसी समन्वयमा देखिएको कमजोरी फाईदा उठाउँदै उनले पेनाल्टी बक्सबाट पोष्टको दिशा दिएका थिए ।

५६ औ मिनेटमा पुलिसका गोलकिपर शत्रुधन चौधरी अगाडि बढेको अवस्थामा पाएको अवसलाई प्रशान्त लक्सनको प्रहार खेर गएपछि चर्च ब्वाईजले स्पष्ट अग्रतालाई गुमाउन पुग्यो । खेलको ६४ औं मिनेटमा चर्च ब्वाईजले महत्वपूर्ण अग्रता लिने अवसरबाट चुकेको थियो । प्रशान्त लक्सनले हानेको प्रहार पुलिसका गोलकिपरले बचाउने क्रममा क्रसबारमा लागेर फर्किएको थियो । रिवाउण्ड बललाई समीर हानेको प्रहारलाई गोलकिपर शत्रुधन चौधरीले बचाउ गर्दै पुलिसको आत्मबल जोगाई राखे ।

हिमश्री फुड्स प्रालिको उत्पादन आहा रारा चाउचाउको मुख्य प्रायोजन रहेको गोल्डकपको बुधबार पहिलो सेमिफाईनल खेल जावलाखेलले थ्रीस्टार क्लबसँग प्रतिस्पर्धा गर्ने छ ।