
पोखरा-यही माघ २८ गतेभित्र नाम दर्ता गरिसक्नुपर्ने जनाउँदै नेपाल भुतपूर्व खेलाडी मञ्चले आगामी फागुन ५गते हुने १८ औं संस्करणको पोखरा अन्तराष्ट्रिय म्याराथनमा १६० जना धावकलाई मात्रै दौडाउने निर्णय गरेको छ । पुरुष तफको प्रतिस्पर्धामा १६० जना मात्रै दौडाउने गरी कोटा निर्धारण गरिएको मञ्चले उल्लेख गरेको छ । मञ्चले म्याराथनसँगै महिला हाफ म्याराथनसहित अन्य विभिन्न विधामा समेत धावकको संख्या तय गरेको छ ।
नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भुतपूर्व खेलाडी मञ्च नेपालले सञ्चालन गर्ने देशकै जेठो र पहिलो म्याराथन पोखरा म्याराथनमा सहभागिता जनाउन कोटा निर्धारण गरिएको हो । नेपाली सिटी म्याराथनको इतिहासमा नै यसरी कोटा निर्धारण गरिएको हो । संसारभरका अन्य ठूला म्याराथनलाई समेत आत्मसाथ गर्दै पहिलो पटक यसरी कोटा निर्धारण गरिएको मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले जनएका छन् ।
१८ औं संस्करणको तयारीमा जुटिरहेको मञ्चले नेपालमा नै पहिलो पटक हरेक इभेन्टमा चिप्सको ब्यवस्था गरेको छ । यस अघि म्याराथमा सिमित चिप्सको प्रयोग १८ औं संस्करणको खुल्ला म्याराथन संगै हाफ म्याराथन महिला, १० किमि महिला÷पुरुष दौड र ५ किमि छात्र÷छात्राको दौडमा समेत चिप्सको प्रयोग हुने भएको अध्यक्ष पराजुलीले जानकारी दिए ।
“अब सबै दौडहरुको सहि समय र दुरी मापन हुन्छ” उनले भने–“कुनै पनि धावकले रुट भन्दा बाहिर भागबाट छलेर दौड पुरा गर्न पाउने छैनन् । यसले खेलाडीमा समेत् हौसला बढ्नेछ भने आफ्नो टाइमिङकोस्तर के हो भन्ने विषयमा स्पष्ट हुन सकिनेछ ।”
नेपाली सिटी म्याराथनको इतिहासमा नै पहिलो पटक हामी कोटा निर्धारण गर्दैछौं” ओलम्पिक कमिटीका उपाध्यक्ष समेत रहेका तेजबहादुर गुरुङले भने ।
कुन दौडमा कति कोटा
खुल्ला म्याराथन ४२.१९५ किमि–१६० जना
महिला हाफ म्याराथन– ५० जना
१० किमि पुरुष–४५० जना
१० किमि महिला–१५० जना
५ किमि छात्र–१२०० जना
५ किमि छात्रा–७०० जना
५ किमि भेट्रान पुरुष– ५० जना
५ किमि भेट्रान महिला–२५ जना
अपाङ्गतर्फको दौडमा भने चिप्सको प्रयोग हुनेछैन ।
पोखरा म्याराथनको मुख्य प्रायोजकको रुपमा सुजल डेरीको उत्पादन सफल दुध रहेको छ । यसै गरी गण्डकी प्रदेश सरकार, प्रदेश खेलकुद परिषद गण्डकी, पोखरा महानगर पालिका, राष्ट्रिय खेलकुद परिषद, पोखरेली मञ्च युके, गैर आवाशिय नेपाली संघ, तमु धिं युके, सहारा युके, बगर भाइ खलक युके, नेपाल रन युके, नेपाली समाज अस्ट्रेलिया, अमेरिका, वि विल राइज फाउन्डेशनलागयतको मुख्य सहयोग रहनेछ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…