
पोखरा-थ्रीस्टार क्लबलाई ३-० गोलले पराजित गर्दै त्रिभुवन आर्मीक्लबले पोखराको मैदानमा पहिलो उपाधि जित्दै उपविजेताको ट्यागलाई अन्त्य गरेको छ । सहारा क्लबको आयोजनामा सञ्चालित आहा रारा पोखरा गोल्डकपको २३ औं संस्करणको उपाधि उचाल्दै आर्मीले पाँच वर्ष अघि थ्रीस्टारसँग फाईनलमा व्यहोरेको हारको बदला समेत लिएको छ । आर्मी यस अघि चार पटक उपविजेता बनेर रित्तै फर्किएको थियो ।
आर्मीले उपाधि उचाल्न झण्डै डेढदशककाो समय लगायो । अन्य दुई विभागीय क्लब नेपाल पुलिस र सशस्त्र प्रहरी बलले आहा राराको उपाधिमा नाम लेखाईसकेका थिए । तर सधैंको अभागी बनेको आर्मीले पनि उपाधि उचाल्न २३ औं संस्करणसम्म कुर्नुपर्यो । शनिबार भएको फाईनलमा थ्रीस्टारलाई पन्छाउन आर्मीले धेरै धक मानेन् ।
खेलको ३८ औं मिनेटमा आर्मीले गोल गर्दै अग्रता लियो । अग्ला कदका खेलाडी जिलेस्पीजंग कार्कीले हेडर मार्फत गोल गर्दै आर्मीको सुखद शुरुवात गरिदिए । कार्कीले सिद्धान्त चौधरीले मिलाईदिएको पासलाई अनमार्क बस्दै हानेको हेड पोष्टभित्र छिरेपछि आर्मीले पहिलो गोलको खुशी मनायो ।
दोस्रो गोल दोस्रो हाफमा सम्भव बनायो । प्रतियोगिता अवधिकदेखि नै सुधारिएको खेल पस्किदै आर्मीले दर्शकको मायालाई पनि आत्मसात गर्यो । फत्तमान घलेले आर्मीका लागि दोस्रो गोल गरे । खेलको ८३ औं मिनेटमा गोल गदैृ आर्मीलाई उपाधिको हकदार बनाउने थप महत्वपूर्ण रह्यो । अतिरिक्त समयमा आर्मीले अर्को गोल थप्दै जित सुनिश्चित बनायो । उपाधिमा नाम लेखाउने क्रममा अन्तिम गोल बसन्त जिम्बाले गोल गरे । उनको गोलसँगै आर्मीले थ्रीस्टारको चुनौतिलाई ३-० गोलले पन्छाउँदै आहा रारा पोखरा गोल्डकपको उपाधि उचाल्दै इतिहास लेखायो । आर्मीको यो उपाधि भने पोखरामा पहिलो हो ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…