
पोखरा-गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जितप्रकाश आले मगरले प्रदेश सरकारले सिमित श्रोत साधनका कारण खेलकुदका विभिन्न गतिविधिमा मन फुकाएर सहभागि हुन नसकेको बताएका छन् । उनले मन फुकाउन नसकेपनि केही न केही हिसावले जोडिइरहेको दावी गरे ।
शुक्रबार नेपाल तेक्वान्दो संघ गण्डकी प्रदेशको तेश्रो वार्षिक साधरण सभाको पोखरामा उद्घाटन गर्दै उनले सीमित श्रोत साधन भएकोले अपेक्षा अनुसारको बजेट विनियोजन नभएको प्रप्ट पारे । उनले भने आगामी दिनमा पनि यसलाई कसरी सम्बोधन गर्न सक्छौं त्यसमा हाम्रो प्रयास रहनेछ ।’
गण्डकी प्रदेशसभा सदस्य गणेशमान गुरुङले नेपाललाई अन्तराष्ट्रिय क्षेत्रमा चिनाउन तेक्वान्दो खेलको ठूलो भूमिका रहेको बताए । संघले पोखरामा केही महिनापहिला गरेको माउण्ट एभरेष्ट च्याम्पियनसिपले सुस्ताएको पोखराको पर्यटन प्रर्वद्धनमा पुर्याएको योगदानको भने खुलेर प्रशंसा गरे । खेल क्षेत्रको विकासमा अरुले केही गरेन भन्नुभन्दापनि यसको विकास र विस्तार गर्न सबैले आफ्नो क्षेत्रबाट लाग्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा संघका केन्द्रिय महासचिव दिपराज गुरुङले खेलमार्फत कुनैपनि राष्ट्रलाई चिनाउन प्रतियोगिताको आयोजना, पूर्वाधारको विकास नभएसम्म त्यसमा सफलता प्राप्त गर्न नसकिने बताए । उनले नीति निर्माण गर्ने तहमा त्यसको लागि अध्ययन गर्ने समूह नै नभएको टिप्पणी गरे । कास्कीका प्रमुख जिल्ला अधिकारी बाशुदेव अधिकारीले संघले देश र जनताको अन्तराष्ट्रिय पहिचान बनाउन सफल भएको बताए ।
नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तेजबहादुर गुरुङले खेल क्षेत्र र खेलाडीका कारण राष्ट्रको इज्जत धानिरहेको अवस्थामा बजेट निर्माणका क्रममा राज्यको आखा पर्न नसकेको प्रति गुनासो गरे । खेल पदक मात्र नभई जीवन पद्धती, अनुशासन, राष्ट्रिय एकता, स्वास्थ्य, विज्ञान लगायतका पाटोबाट हेरिनुपर्नेमा जोड दिदै तेक्वान्दो संघ गण्डकी प्रदेशका अध्यक्ष जगन बहादुर गुरुङले खेलकूद प्रविधिमैत्री तेक्वान्दो खेल बिकासमा आजको आवश्यकता रहेको बताए । । कार्यक्रममा संघका महासचिव रमेश पौडेलले आफ्नो महासचिवको प्रतिवेदन पेश गरेका थिए ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…