हिसान गण्डकी प्रदेशस्तरीय फुटसलको सेमिफाइनल समिकरण

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन ५ गते २०८० मा प्रकाशित


पोखरा- उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा पोखरामा दोस्रो प्रदेशस्तरीय हिसान प्लस टु तथा कलेज लेवल फुटसल प्रतियोगितामा सेमिफाइनल समिकरण पुरा भएको छ ।

कलेज लेवलमा पोखरा लिङकन कलेज, सोचो कलेज अफ आइटि, इन्फोम्याक्स कलेज अफ आइटि एण्ड म्यानेजमेन्ट र इन्फोम्याट्रिक कलेज पोखरा सेमिफाइनलमा प्रबेश गरेका छन् । पोखरा लिङकन कलेजले माउण्ट अन्नपुर्ण क्याम्पसलाई ७–३ गोलले, सोचो कलेज अफ आइटिले लेकसिटि कलेज एण्ड रिर्सच सेन्टरलाई ४–०, इन्फोम्याक्स कलेज अफ आइटि एण्ड म्यानेजमेन्टले ला ग्यान्डि इन्टनेश्नल कलेजलाई ४–२, इन्फोम्याट्रिक कलेज पोखराले पोखरा कलेज अफ म्यानेज म्यान्टलाई ४–० गोल अन्तरले हराउदै सेमिफाइनल प्रबेश गरेको छ ।

प्लस टु तर्फको शनिबारको पहिलो खेलमा स्टेप बाई स्टेप सेकेन्डरी स्कुलले सृजना हाइयर सेकेन्डरी स्कुललाई ३–० गोलले हरायो । अर्को खेलमा स्नोभ्यु इङलिस बोडिङ स्कुलले ग्यालेक्सी कलेजियट स्कुललाई २–० गोलले हरायो । त्यसै गरी सगरमाथा सेकेन्डरी स्कुलले प्रतिभा सेकेन्डरी स्कुललाई २–० गोल अन्तरले हरायो ।

प्रतियोगितामा कास्कीका १२ र अन्य जिल्लका ३ विद्यालय गरेर १५ विद्यालयले प्रतियोगिता भाग लिएको प्रतियोगिता संयोजक सन्तोष पराजुलीले जानकारी दिए । हिसान गण्डकीको सदस्य विद्यालय बिच भएको प्रतियोगितामा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुले सहभागीता जनाएका छन् ।

प्रतियोगिताको विजेताले नगद १ लाख, मेडल, ट्रफि र उपविजेताले नगद ५० हजार, मेडल र ट्रफि प्राप्त गर्ने हिसान गण्डकीका अध्यक्ष रमाकान्त बरालले जानकारी दिए । त्यसै गरी युनिभर्सिटी लेवल फुटसल प्रतियोगिताका विजेताले नगद २० हजार मेडल र ट्रफि, उपविजेताले नगद १० हजार मेडल र ट्रफि प्राप्त गर्ने सबिन मेमोरीयल फुटबल क्लबका अध्यक्ष सञ्जय लिगले जानकारी दिए ।