
पोखरा(खेलाडी न्युज)—१९५ रनको लक्ष्य पछ्याईरहेको अफगानिस्तानले दोस्रो विकेट गुमाएको छ । पहिलो विकेटको रुपमा आफना कप्तान रसिद खानलाई गुमाएको थियो । उनी करण केसीको बलमा आउट भएका थिए । उनले २१ रन बनाए । केसीले तेस्रो अोभर बलिङ गर्ने क्रममा एकबल डट खेलेपछि दोस्रो बलमा खान आउट भए । दोस्रो विकेट भने सन्दीप लामिछानेले लिए । जावेद अहमेदीलाई क्याच आउट गरे । जावेद ५४ बल खेल्दै २६ रन जोडेका थिए ।
अफगानिस्तान क्रिकेटको एकदिवसिय बरियतामा ११ औं स्थानमा छ । टी—२० को बरियता भने नवौंमा रहेको छ । नेपाल र अफगानिस्तान बीच एकापसी परिचित प्रतिस्पर्धी हुन् । नेपालले २०१४ मा अफगानिस्तानलाई टी—२० मा पराजित गरेको थियो । नेपालले दिएको १४१ रनको लक्ष्यलाई अफगानिस्तान १३२ रनमा समेट्दै ९ रनले जितेको थियो ।
सन २००६ मा आईसिसी ट्रफीमा तेस्रो स्थानको प्ले अफ फाईनलमा नेपाल डकवर्थ लुईस अनुसार ६४ रनले पराजित भएको थियो । त्यस्तै सन २००८ मा आईसिसी डब्लुसिएल डिभिजन ५ सेमिफाईनलमा ३७ रनले पराजित हुन पुग्यो । २००८ कै एसीसी ईलाइट ट्रफीको तेस्रो स्थानको प्रतिस्पर्धामा अफगानिस्तान ३ विकेटले विजयी भएको थियो । २०१० मा पनि एसीसी इलाइट ट्रफी फाईनलमा ९५ रनले विजयी भएको थियो । २०१३ र २०१४ मा दुवै पटक डिएल अनुसार ३ र १०८ रनले पराजित भएको इतिहास छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…