
पोखरा-पोखरामा पहिलो पटक आयोजना गरिएको यु १३ नाईन ए साईड फुटबल प्रतियोगिताको उपाधि संगम एकेडेमीले जितेको छ । शनिबार पोखरा रंगशाला बैकल्पिक फुटबल मैदानमा भएको फाईनल खेलमा लेकसाईडको ब्लु स्प्यारो एकेडेमीलाई १-० गोलले पराजित गर्दै संगम एकेडेमीले उपाधिसहित नगद २० हजार रुपैयाँ प्राप्त गर्यो । नियोङ गुरुङको निर्णायक गोलमा सगमले उपाधि जित्न सफल बन्यो ।
पोखरा महानगरपालिका वडा नं १३ को आयोजना, संगम क्लबको सहयोग तथा कास्की जिल्ला फुटबल संघको समन्वयमा भएको यु १३ फुटबल प्रतियोगितामा कास्कीका विभिन्न १२ वटा एकेडेमीले सहभागिता जनाएको थिए । प्रतियोगितामा संगमका नियोङ सर्वोत्कृष्ठ खेलाडी घोषित भए । त्यस्तै सर्वाधिक गोलकर्ताको पुरस्कार पनि उनैले थापे । मिडफिल्डरको पुरस्कार संगमकै अस्कर अलीले प्राप्त गरे । डिफेण्डरको पुरस्कार ब्लु स्प्यारोका रोहित दाहालले पाउँदा उत्कृष्ठ गोलकिपरको पुरस्कार भने संगमका सिदान गुरुङ ले पाए । उनीहरुले जनही ५ सय रुपैयाँ प्राप्त गरे ।
विजेताहरुलाई कास्की जिल्ला फुटबल संघका अध्यक्ष उज्वल रन्जित, पोखरा महानगरपालिका वडा नं १३ का वडाध्यक्ष किरण बरालसहित विभिन्न व्यक्तित्वले पुरस्कार प्रदान गरेका थिए ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…