
पोखरा(खेलाडी न्युज)—जिम्बावेमा जारी विश्वकप क्रिकेट छनोट प्रतियोगिताको सुपरसिक्समा पुग्ने नेपालको सम्भावना क्षीण बनेको छ । अफगानिस्तानलाई जित्नै पर्ने खेलमा नेपाल छ विकेटले पराजित हुदैं फेरी डिभिजन २ मै फर्किने अवस्था सृजना भएको छ । सुपरसिक्सले नेपाललाई एकदिवसिय खेलको मान्यता पाउथ्यो ।
नाजिबुल्लाह जादरानको अर्धशतकीय पारीमा अफगानिस्तानले नेपाल दिएको १९५ रनको चुनौतिलाई ३८ ओभर ४ बलमा पुरा गर्यो । जादराने ४७ बलको सामना गर्दै चार चौका र तीन छक्का हान्दै ५२ रन नटआउट खेल्दै सहज जित दिलाए । उनलाई समुल्लाह सेनवारीले ८ रनमा नटआउट साथ दिएका थिए । अफगानिस्तानका महत्वपूर्ण व्याट्सम्यान मोहम्मद नावी ३४ रनमा आउट भएपछि नेपालको केही आशा जागेपनि धेरै ढिला भईसकेको थियो । उनलाई दिपेन्द्रसिंह ऐरीले ज्ञानेन्द्र मल्लको हातबाट क्याच आउट गराए । उनले ३२ बल खेले । नावी अफगानिस्तानका निकै भरपर्दा व्याट्सम्यान हुन् । दिपेन्द्रसिंह ऐरीले अर्धशतक पुरा गर्न चार रन बाँकी रहदाँ रहमत शाको विकेट लिएका छन् । उनले ७५ बल खेल्दै ४६ रन बनाएका थिए । ऐरीले दुई विकेट लिए ।
अफगानले पहिलो विकेटको रुपमा आफना कप्तान रसिद खानलाई गुमाएको थियो । उनी करण केसीको बलमा आउट भएका थिए । २१ रन बनाई पवेलियन फर्किदा जावेद अहमेदी पनि क्याच आउट हुन पुगे । जावेद ५४ बल खेल्दै २६ रन जोडेका थिए । केसीले तेस्रो अोभर बलिङ गर्ने क्रममा एकबल डट दिएपछि दोस्रो बलमा खानलाई आउट गरे । दोस्रो विकेटको रुपमा सन्दीप लामिछानेले जावेदको लिएका थिए ।
नेपालले सुपरसिक्सको लागि आजको खेल जित्नै पर्ने थियो । आजको मात्रै नभई पर्सी हङकङलाई समेत पराजित गरेको अवस्थामा सुपरसिक्सको सम्भावना रहन्थ्यो । अफगानिस्तानले आफनो टेष्ट मान्यताको प्रतिष्ठा जोगाउन पनि नेपाललाई जित्नैपर्ने मानसिकतामा खेल्दै जित निकाल्यो । नेपालले अफगानिस्तानलाई एकदिवसिय खेलमा पराजित गर्न सकेको छैन् । इतिहास बनाउने अवसरसँगै सुपरसिक्सको सम्भावना नेपालको हातबाट फुत्कियो । अफगानिस्तान क्रिकेटको एकदिवसिय बरियतामा ११ औं स्थानमा छ । टी—२० को बरियता भने नवौंमा रहेको छ । नेपाल र अफगानिस्तान बीच एकापसी परिचित प्रतिस्पर्धी हुन् । नेपालले २०१४ मा अफगानिस्तानलाई टी—२० मा पराजित गरेको थियो । नेपालले दिएको १४१ रनको लक्ष्यलाई अफगानिस्तान १३२ रनमा समेट्दै ९ रनले जितेको थियो ।
सन २००६ मा आईसिसी ट्रफीमा तेस्रो स्थानको प्ले अफ फाईनलमा नेपाल डकवर्थ लुईस अनुसार ६४ रनले पराजित भएको थियो । त्यस्तै सन २००८ मा आईसिसी डब्लुसिएल डिभिजन ५ सेमिफाईनलमा ३७ रनले पराजित हुन पुग्यो । २००८ कै एसीसी ईलाइट ट्रफीको तेस्रो स्थानको प्रतिस्पर्धामा अफगानिस्तान ३ विकेटले विजयी भएको थियो । २०१० मा पनि एसीसी इलाइट ट्रफी फाईनलमा ९५ रनले विजयी भएको थियो । २०१३ र २०१४ मा दुवै पटक डिएल अनुसार ३ र १०८ रनले पराजित भएको इतिहास छ ।
नेपालले टस जितेर कप्तान पारस खड्काले कप्तानी जिम्मेवारी सम्हाल्दै नेपालको इनिङ्समा महत्वपूर्ण ७५ रनको योगदान दिदाँ नेपालले अफगानिस्तानलाई १९५ रनको लक्ष्य दिएको थियो । उनले ८२ बल खेल्दै ७५ रन जोड्दा १० चौका र एक छक्का हिर्काएका थिए । कप्तान खड्काले नवौ ओभरमा दुई चौका र एक छक्का हान्दै रनरेट उकासे । त्यसपछि केही आक्रामक व्यटिङ गर्दै उत्कृष्ठ इनिङ खेले ।
नेपालका ओपनर ज्ञानेन्द्र मल्ल २३ रनमा आउट भए । विकेट जोगाउँदै कप्तान पारस खड्कालाई साथ दिईरहेको अवस्थामा २६.१ ओभरमा ६९ बल खेल्दै पवेलियन फर्किए । नेपालले पहिलो विकेटको रुपमा अनिल साहलाई ७ रनमै गुमाएको थियो । रोहितकुमार पौडेल एक रनमै पवेलियन फर्किए । त्यसैगरी दिपेन्द्रसिंह ऐरीले पाँचौ विकेटको लागि आरिफ शेखसित महत्वपूर्ण साझेदारी गर्दै रन जोडे । दिपेन्द्र सिंह ऐरीले ४१ बलमा ३२ रन जोड्दा ३ चौका र एक छक्का हिर्काए । उनी अफगानी कप्तान रसिद खानको बलमा आउट भए । आरिफले ३४ बलमा २३ रन जोड्ने क्रममा तीन चौका हाने । ४५ औं ओभरमा नेपालले सोमपाल कामी र आरिफ शेखलाई गुमायो । सोमपाल १५ बल खेल्दै ९ रनमा पवेलियन फर्किए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…