
एजेन्सी—लिभरपुलमाथि २—१ को नजिता निकाल्दै म्यानचेष्टर युनाईटेडले इग्ंिलस प्रिमियर लिगमा दोस्रो स्थान अझ बलियो बनाएको छ । आत्मघाती गोलको उपहार दिएपनि पहिलो हाफमै गरेको दुई गोलले युनाईटेडले स्पष्ट जित निकाल्दै ६५ अंकसहित दोस्रो स्थान अझ बलियो बनायो । लिभरपुल भने ६० अंकसहित तेस्रो स्थानमा छ । म्यानचेष्टर सिटी भने ७८ अंकसहित शीर्षस्थानमा छ ।
खेलको १४ औं मिनेटमा मार्कस रसफोर्डले गोल गर्दै युनाईटेडलाई अग्रता दिलाए । उनलाई कर्नरबाट आएको बललाई रोमेलु लुकाकुले हेडपास मिलाईदिएका थिए । २४ औं मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गर्दै स्पष्ट जित निकाले । मार्कसले डिबक्स नजिकैबाट हानेको बल पोष्टको माथिल्लो भागबाट छिरेपछि युनाईटेडका समर्थकले खुशीयाली बनाए । लिभरपुललाई इरिक बेईलीले गोलको उपहार दिएपछि खेलमा फर्किने सृजना हुन पुग्यो । तर एकपछि अर्को अवसर सृजना भएपनि गोल नहुदाँ लिभरपुलले युनाईटेडसँग २—१ को हार स्वीकार्न बाध्य भयो ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…