
पोखरा-कास्की जिल्ला फुटबल संघको आयोजनामा सञ्चालित बलराम केसी स्मृति जिल्ला लिग फुटबल प्रतियोगिताको बिहीबार दोस्रो दिन नवआर्दश क्लबले जित गर्दा विष्णुपादुका र ढिकुरपोखरी, भ्याली स्पोर्टस र माछापुच्छ्रे त्रिशक्ति युनाईटेडले बराबरी खेल्दै अंक बाँडेका छन् ।
पोखरा रंगशाला फुटबल मैदानमा भएको प्रतिस्पर्धामा विष्णपादुकाले ढिुकरपोखरीसँग १(१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।
कुन्जन पौडेलको गोलबाट अग्रता लिएको ढिकुरपोखरीले पहिलो हाफको अन्तिम समयमा बराबरी गोल फर्काउँदै अंक बाँड्यो । विष्णुपादुकाको लागि विधान भुजेलले २९ औं मिनेटमा गोल गर्दै हारबाट जोगाएका थिए ।
यसैगरी अर्को खेलमा माछापुच्छ«े त्रिशक्ति क्लबले भ्याली स्पोर्टस क्लबसँग गोलरहित खेल्दै अंक बाँड्यो । अन्तिम खेलमा नवआर्दशले भने डेभिजफल युथ क्लबलाई ४(० गोलले पन्छाउँदै जित आत्मसात गर्यो । सिजन थापाको आत्मघाती गोलको उपहारबाट अगाडि बढेको नवआर्दशले दिनेश घर्तीले २६ औं मिनेटमा र किशोर गुरुङले ५४ र ५८ औं मिनेटमा गोल गर्दै जित सुनिश्चित बनाए ।
बलराम केसी स्मृति प्रतिष्ठानको मुख्य प्रायोजन रहेको प्रतियोगितामा कास्की जिल्ला फुटबल संघमा आवद्ध २१ क्लबले सहभागिता जनाएका छन् ।


कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…