
पोखरा(खेलाडी न्युज)-पन्ध्रौं विश्व मुवाँथाई च्याम्पियनसिपमा सहभागी हुन ६ खेलाडीसहित १० सदस्यीय नेपाली टोली आइतबार थाइल्यान्डको बैंकक प्रस्थान गरेको छ । मार्च ११ देखि १९ तारिखसम्म हुने प्रतियोगितामा विगेन दराईं, राहुल ठोकर लामा, गुणराज रुचाल, सलोम सादा लेप्चा जैसी, धनकृष्ण श्रेष्ठ र सुरेश टकोले प्रतिस्पर्धा गर्ने छन् ।
प्रमुख प्रशिक्षकमा राष्ट्रिय मुवाँथाई संघ नेपालका अध्यक्ष गणेश कक्षपति, सहायक प्रशिक्षकमा वज्र लामा, व्यवस्थापकमा उमेशकुमार खड्का तथा अफिसियलमा निलम अधिकारी रहेका छन् । टोलीलाई गृह मन्त्री रामबहादुर थापाले एक कार्यक्रमबीच बिदाइ गरे ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…