
पोखरा-पोखरा रंगशालामा बुधबारदेखि सुरु भएको यू–१५ विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा टेबल टेनिस अन्तर्गत बागमती प्रदेशले ३ स्वर्ण र ३ रजत पदक जितेको छ । पोखरा रंगशालास्थित टेबल टेनिस कोर्ट भएको खेलमा बागमतीको छात्र÷छात्रा मिक्स, छात्र डबल्स र छात्रा डबल्स विधाका टिम फाइनल पुगेको थियो । मिक्स डबल्समा बागमतीका जयश्नु महर्जन र सुरम्या शाक्यको जोडीले नर्मदा खैटु र रीजन शाक्यको जोडीलाई ३–२ सेटमा हराउँदै स्वर्ण पदक जितेको हो । ८–११, ११–५, ९–११, ११–८ र ११–७ को सेटमा हारेको खैटु र शाक्यको जोडीले रजत पदक हासिल गरेको हो ।
सेमीफाइनलमा जयश्नु महर्जन र सुरम्य शाक्यको जोडीले कोशी प्रदेशका गौतम तामाङ र सुलेखाकुमारी ठाकुरलाई पराजित गरेको थियो । नर्मदा खैटु र रीजन शाक्यको जोडीले लुम्बिनी प्रदेशका सुबिन क्षेत्री र सचिना पुरीको जोडीलाई हराएको थियो । सेमीफाइनलमा पराजित कोशी र लुम्बिनी प्रदेशका खेलाडीले कास्य पदक प्राप्त गरे ।
छात्र डबल्समा पनि स्वर्ण र रजतका बागमती प्रदेशका खेलाडी नै भिडेका थिए । जसमा जयश्नु महर्जन र आर्यन शाहीको जोडीले रिजन शाक्य र एरिस शाक्यको जोडीलाई ३–१ सेटमा पराजित गर्दै स्वर्ण पदको हात पारेको हो । ११–९, ११–५, १०–१२ र ११–८ को सेटमा हारेको शाक्य जोडीले रजत पदकमा चित्त बुझाउनुप¥यो ।
छात्र डबल्समा महर्जन र शाहीको जोडीले गण्डकीका दिपनिसा शाही र स्वर्णिम तिमिल्सिनाको जोडीलाई हराएको थियो । भने, शाक्य जोडीले कोशीका सुशान्त मेहता र गौतम तामाङको जाडीलाई पराजित गरेको थियो । सेमीफाइनलमा गुमाएको गण्डकी र कोशी प्रदेश यो विधामा कास्यमा सिमित भयो ।
छात्रा डबल्समा पनि बागमतीका सुरम्या शाक्य र नर्मदा खैटुको जोडीले प्रान्जा महर्जन र आर्सना महर्जनको जोडीलाई ११–७, ११–६, ८–११ र ११–८ को सेटमा हराएर स्वर्ण पदक जितेको हो । भने, महर्जन जोडीले रजतमा चित्त बुझाउनुप¥यो । सेमिफाइनलमा शाक्य र खैटुको जोडीले लुम्बिनीका सचिना पुरी र रोशनी बरालको जोडीलाई पराजित गरेको थियो । भने, महर्जन जोडीले गण्डकीका राजश्री अधिकारी र साक्रिया पोखरेलको टिमलाई हराएको थियो । यो विधामा गण्डकी र लुम्बिनी प्रदेशले कास्य पदक प्राप्त गरेको छ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…