
पोखरा(खेलाडी न्युज)—नेपालले विश्वकप क्रिकेट छनोट प्रतियोगिता अन्तर्गत भोलि अन्तिम खेल हङकङसँग खेल्दै छ । हङकङसँगको खेलले नेपालको भविष्य नेपालसँग मात्रै नगाँसिएर अफगानिस्तानसँग समेत गाँसिएको छ । नेपालले झिनो अन्तरले जितेको अवस्थामा त्यसको प्रत्यक्ष फाईदा अफगानिस्तानलाई पुग्ने छ । किन कि अफगानिस्तानको नेट रनरेट राम्रो छ ।
नेपालले हङकङलाई जितेको अवस्थामा एकदिवसिय मान्यता पाउने सम्भावना भने जिवितै रहन्छ । समूह बी बाट स्कटल्याण्डजस्तै समूह एबाट युएई र बीबाट हङकङले सुपरसिक्समा स्थान बनाएको अवस्थामा नेपालले एकदिवसीय मान्यता पाउने बाटो रोकिन्छ । जसमा एक टोली असफल भएको खण्डमा सातौ हुने टिमले एक दिवसिय मान्यता पाउँछ । त्यसको लागि नेपालले हङकङसँगै प्ले अफमा तीन खेल जित्नै पर्ने हुन्छ ।
सुपरसिक्समा नछिरेका चार देशले सातौं स्थानको लागि प्लेअफ खेल्नुपर्ने हुन्छ । समूह एमा चौथो हुने देशले समूह बीको पाँचौँसग खेल्ने छ । र समूह बीको चौथोले समूह एको पाँचौसँग प्रतिस्पर्धा गर्दै विजेता दुई टोली बीच अन्तिम प्रतिस्पर्धा हुने छ । जसले जित्छ उसैले एकदिवसिय मान्यता पाउने छ । सरसर्ती हेर्दा नेपालले हङकङलाई पराजित गरेको अवस्थामा सातौं स्थानको लागि प्लेअफ खेल्नुपर्छ । सातौं स्थानको लागि पनि दुवै खेल जित्न सके मात्रै एक दिवसीय मान्यता पाउन सक्छ । जसको लागि स्पष्ट जित निकाल्नुको विकल्प नेपालसँग रहदैन् । सातौंमा पराजित हुने टोलीले आठौं र नवौं स्थानको लागि खेल्ने छन् । नेपालले हङकङसँग १२ पटक आमने सामने भईसकेका छन् । छ पटक नेपालले जित्दा पाँच पटक हङकङको पक्षमा गएको छ । एक खेल भने पानीले रद्द हुन पुगेको छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…