
बुटवल(खेलाडी न्युज)—तेज तामाङको निर्णायक गोलमा नेपाल पुलिस क्लब तिलोत्तमा गोल्डकपको क्र्वाटरफाईनल समीकरण पुरा गर्दा शसस्त्र प्रहरी बल भने बाहिरिएको छ । २० औं सस्करणको गोल्डकपको आईतबार विभागीय डर्बीमा शसस्त्र प्रहरी बलमाथि नेपाल पुलिस क्लबको युवा जोश उपाधि उचाल्न योग्य देखियो ।
अन्तिम चारमा आफनो स्थान पक्का गर्न पुलिसले झण्डै सवा घण्टा कुर्नु पर्यो । तेज तामाङले ७२ औं मिनेटमा गोल गर्दै पुलिसलाई अग्रता दिलाउँदा निर्धारित समय टुंगिदाँ निर्णायक हुन पुग्यो । देवीनगरस्थित एन्फा कम्प्लेक्समा आईतबार भएको प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले सिजनको तेस्रो उपाधि उचाल्ने मनास्थितिमा देखिएको छ । पुलिसले विगत केही वर्ष ओझेलमा रहँदै आएपनि युवा टोलीको साथ मोफसलको फुटबलमा फेरी दबदबा शुरु गर्न थालेको छ ।
खेलको १० औ मिनेटमा रिजन सुब्बाले डिबक्स बाहिरबाट गरेको प्रहार बाहिरिएपछि पुलिसले स्पष्ट अग्रता लिने अवसरबाट बन्चित हुन पुग्यो । अन्तिम समयमा एपीएफले खेलमा फर्किने संकेत देखाएको थियो । तर प्रयास भने असफल हुन पुग्यो । खेलको २७ औै मिनेटमा एपिएफका रोपबहादुर लामाले डिबक्सबाट गरेको प्रहारलाई पुलिसका गोलकिपर रोशन खडकाले बचाउ गरे । विजेता टिम पुलिसका तेज तामाङ म्यान अफ दी म्याच घोषित हुदै नगद ११ हजार नगदबाट पुरस्कृत भएका थिए । सोमवारको खेल रुस्लान थ्रिस्टार र फेन्डस क्लव का बीच हुने छ ।
बुटवलबाट यमलाल भुषालको सहयोगमा


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…